साहस उर्जाले आइपिओ प्रस्ताव राखेर बोलायो साधारण सभा

Mar 05, 2018 merolagani

साहस उर्जा (SUL) ले साधारण सेयर निष्कासनको प्रस्ताव राखेर साधारण सभा आह्वान गरेको छ । कम्पनीको आगामी चैत्र १४ गते बस्ने साधारण सभाले आइपिओ निष्कासनको प्रस्ताव पारित गर्नेछ ।

कम्पनी संचालक समितिको फागुन १३ गते बसेको संचालक समितिको बैठकले साधारण शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

सोही बमोजीमा कम्पनीले संशोधीत प्रबन्धपत्र तथा नियमावली स्वीकृत गर्ने लगायतका प्रस्ताव साधारण सभामा लैजादै छ । सोही साधारण सभाले कुन अनुपातमा आइपिओ जारी गर्ने निक्र्योल गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले सोलुखुम्बुमा ८६ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्दे छ ।सहकारी र बैंकिङ क्षेत्रका प्रतिष्ठित ब्यक्तिहरुले लगानी गरेको साहस उर्जा निजीस्तरको ठूलो जलविद्युत आयोजना हो ।

कम्पनीले यसअघि गुल्मीमा पाँच मेगावाटको हुग्दीखोला जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिसकेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।