सर्वोच्च अदालत पुगे सेयर लगानीकर्ता निर्मल प्रधान

Mar 05, 2018 Merolagani

सेयर लगानीकर्ता निर्मल प्रधान अदालतको फैसला कार्यान्वयनमा आर्थिक चलखेल भएको भन्दै सर्वोच्च अदालत पुगेका छन् । प्रधानले न्याय सेवा आयोगमा काठमाण्डौं जिल्ला अदालतका तत्कालिन न्यायाधीस, फैसला कार्यान्वयन अधिकारी र तहसीलदार सहित चार जनालाई विपक्षी बनाई आयोगमा उजुरी दर्ता गरेका हुन् ।

एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठसँगको आफ्नो कारोबारको मुद्धाको फैसला र त्यसको कार्यान्वयनका क्रममा तत्कालिन न्यायाधीश र फैसला कार्यान्वायन अधिकारी प्रलोभनमा परेको भन्दै छानबिनका लागि सर्वोच्चमा प्रधानले उजुरी पत्र दर्ता गराएका हुन् ।

उनले काठमाण्डौं जिल्ला अदालतका तत्कालिन न्यायाधीस जयानन्द पनेरुले अदालतको फैसला विपरित आदेश कार्यान्वायन गराएको भन्दै सोको छानबिनका लागि उजुरीमार्फत आग्रह गरेका छन् ।

त्यसैगरी काठमाण्डौं जिल्ला अदालतकै फैसला कार्यान्वायन अधिकारी सन्तोष पराजुली, तहशिलदार तारा श्रेष्ठ र एनबी ग्रुपका लक्ष्मीबहादुर श्रेष्ठ माथि पनि अनियमितताको अनुसन्धान गर्न प्रधानले उजुरी मार्फत आग्रह गरेका छन् ।

एनले उजुरीमा फैसला विपरित कोर्ट फी अपचलन गरेको, फैसला कार्यान्वायनका क्रममा मिलेमतो गरी आदेश विपरित काम गरेको लगयातका विषय उठान गर्दै सबै पक्षलाई कार्वाहीको दारामा ल्याउन आयोगसँग आग्रह गरेका छन् ।

...[सेयर लगानीकर्ता निर्मल प्रधान किन पुगे काठमाण्डौं जिल्ला अदालत ?]...

 

यस अघि उच्च अदालत पाटनका ४ जना र जिल्ला अदालत काठमाण्डौंका १ गरी ५ न्यायाधीश, फैसला कार्यान्वायन अधिकारी र एनबी ग्रुपका लक्षमीबहादुर श्रेष्ठलाई कार्वाहीको माग गर्दै न्याय परिषद तथा काठमाण्डौं जिल्ला अदालतमा उजुरी दर्ता गराई सकेका छन् । 

...[उच्च अदालत पाटनका न्यायाधीशहरु आर्थिक चलखेलमा लागेको भन्दै न्याय परिषदमा उजुरी]...

निर्मल प्रधानले न्याय सेवा आयोगमा दर्ताको उजुरीको पुर्ण पाठ  हेर्न यहाँ क्लिक गर्नुहोस् ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।