बुटवल पावरको बजारमूल्य एफपिओको भन्दा कम,नेशनल हाइड्रोको आइपिओ सरह

Mar 05, 2018 Merolagani

लगातार सेयरबजारमा आएको उच्च गिरावटले नेप्सेमा सूचिकृत कम्पनीहरुको सेयर भाउ सस्तीएको छ । यसै क्रममा बुटवल पावर कम्पनीको शेयर मूल्य एफपिओको मूल्य भन्दा पनि तल झरेको छ भने नेशनल हाइड्रोको सेयरमूल्य आइपिओ सरह नै कायम भएको छ ।

सोमबार नेप्सेमा बुटवल पावर कम्पनीको शेयर घटेर ४९१ रुपैयाँमा सम्म तल झरेको छ । त्यस्तै नेशनल हाइड्रोको सेयर प्रतिकित्ता १०१ रुपैयाँमा कारोबार भईरहेको छ । 

बुटवल पावरले गत माघ १५ गते देखि प्रति कित्ता एक सय रुपैयाँमा ४०१ रुपैयाँ प्रिमियम थप गरी ५०१ रुपैयाँका दरले ४० लाख ८१ हजार कित्ता एफपिओ बिक्री गरेको थियो। कम्पनीले दुई अर्ब ४ करोड रुपैयाँको शेयर निष्काशन गर्दा ५८ करोड बराबरको आवेदन नपर्दा अण्डर राइटरले बिक्री नभएको सेयर कबुलेका थिए ।

भाउ सस्तीएपछी दुवै कम्पनीको सेयरको माग बढेको छ । नेप्सेको मार्केट डेप्थमा दुवै कम्पनीको सेयर बिक्री गर्नेहरु भन्दा खरिद गर्नेहरु धेरै देखिएका छन् ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।