बैंकका अनुसार लाजिम्पाट स्थित एम.बी.एल. टावरमा सोमबारदेखि केन्द्रीय कार्यालय सञ्चालमा आएको छ । २०५४ सालमा पोखरामा संस्थापना भई संचालनमा रहेकोमा बैंकको केन्द्रीय कार्यालय पोखरा तथा कर्पोरेट कार्यालय काठमाडौंमा रहेको थियो ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु तथा १४ शाखा रहित बैकिङ्ग सेवा गरी ८० स्थानवाट बंैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकका ८६ वटा एटीएमहरु संचालनमा छन् ।