सेयर बाँडफाँड गर्न महिनौं कुर्नुपर्ने दिन गए, कति दिनमा हुन्छ बाँडफाँड ?

Mar 06, 2018 Merolagani

केन्द्रिय निक्षेप प्रणालीले सेन्ट्रलाइज्ड आस्वा प्रणाली पूर्ण कार्यान्वायनमा ल्याएसँगै सार्वजनिक निष्काशनको सेयर बाँडफाँडको अवधि पनि छोटिएको छ । लगानीकर्ताका सबै तथ्याङ्क विद्युतीय प्रणालीमा रुजु भएर सेयर आवेदन संकलन हुने भएपछि सेयर बाँडफाँडको अवधि एक सातामा झार्ने तयारी थालिएको छ ।

केन्द्रीय निक्षेप प्रणालीले सेयर बाँडफाँडको मिति एक सातामा झार्ने तयारीलाई अन्तिम रुप दिँदैछ । यस सम्बन्धमा अहिले छलफल चलिरहेको छ । सिडिएससीले यस सम्बन्धमा छिट्टै आफ्नो धारणा सार्वजनिक गर्नेछ ।

केन्द्रीय निक्षेप प्रणालीले सेयर बाँडफाँडको मोडालिटी तयार पारे लगत्तै एनआईसी एशिया क्यापिटलले आरम्भ माइक्रोफाइनान्सको साधारण सेयर पनि एक सातामा नै बाँडफाँड गर्ने तयारी थालेको छ । सोमबार सेयर निष्काशन बन्द भएको मितिले एक सातामा सेयर बाँडफाँड गर्ने गरी काम थालिएको क्यापिटलले जनाएको छ ।

यसअघि सिडिएससीले सीआस्वा पूर्ण कार्यान्वायनमा आए पछि साता दिन भित्रमा सेयर बाँडफाँड गर्न सकिने प्रष्ट पारिसकेको थियो । सोही अनुसार सबै तयारी पुरा भएको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले बताए ।

एनआईसी एशिया क्यापिटलको बिक्री प्रबन्धकत्वमा निष्काशन भएको आरम्भ माइक्रोफाइनान्सको सेयरमा रकमका आधारमा ४१ गुणा बढीको आवेदन परेको थियो । कति जनाले पाउलान् माइक्रोफाइनान्सको सेयर ? यो सामग्री हेर्नुहोस् ।

आरम्भ माइक्रोमा ७ गुणा बढी आवेदक,कतिले पाउँछन् सेयर ?

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।