प्रभु बैंक र ग्रिन डेभलपमेन्टको हकप्रद भर्ने आज अन्तिम दिन

Mar 07, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्तापूँजी कायम गर्ने क्रममा प्रभु बैंक(PRVU) र ग्रिन डेभलपमेन्ट बैंकले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । प्रभुले ४० प्रतिशत तथा ग्रिन डेभलपमेन्ट बैंकले ४०० प्रतिशत हकप्रद जारी गरेका थिए ।


प्रभु बैंकले गत माघ ७ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मुल्यका दरले २ करोड ३५ लाख २५ हजार ६०८ कित्ता हकप्रद शेयर निष्कासन गरेको थियो । यसअघि फागुन १३ गतेसम्म हकप्रदमा आवेदन गर्ने अन्तिम म्याद तोकिएको भएपनि १० दिन म्याद थप फागुन २३ पुर्याएको थियो ।

बैंकको सेयरमा पुस २० गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।
बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा प्रभु बैंकका सम्पूर्ण शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ८ अर्ब २३ करोड ३९ लाख पुग्नेछ ।

ग्रीन डेभलपमेन्ट बैंक

ग्रीन डेभलपमेन्ट बैंकले माघ २ गतेदेखि जारी गरेको चार सय प्रतिशत हकप्रदमा आवेदन गर्ने म्याद पनि आज सकिदैँछ । ग्रीनले एक बराबर चार अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ ।

जसमा पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट्स रहेको छ । हकप्रदमा आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सकिनेछ ।

त्यस्तै विक्री प्रबन्धकको कार्यालय बानेश्वर तथा एनआईबिएल क्यापिटल, लाजिम्पाट, ग्रीन डेभलपमेन्ट बैंकको प्रधान कार्यालय हरिशंकर रोड बाग्लुङ्ग , गणेशटोल बेनी, सभागृह चोक पोखरा तथा लक्ष्मी बैंकका देशभरका अधिकांश शाखा कार्यालयबाट समेत हकप्रद भर्न सकिने क्यापिटलले जनाएको छ ।

१० करोड रुपैयाँ चुक्ता पूँजी रहेको ग्रीनको हकप्रद पूँजीकरण पश्चात ५० करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।