सिभिल बैंकको ४२ लाख कित्ता सेयरको लिलामी खुल्यो, कति गर्ने आवेदन ?

Mar 07, 2018 Merolagani

सिभिल बैंक (CBL) ले हकप्रदमा नबिकेर लिलामीमा राखेको ४२ लाख ३८ हजार ९५८ कित्ता सेयरमा आवेदन खुलेको छ । बैंकले ९ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको छ ।

उक्त लिलामीको सेयरमा फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

पछिल्ला दुई साता सेयरबजारमा निरन्तर गिरावट आएपछि दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता १५५ रुपैयाँको हाराहारीमा रहेको छ । दोस्रो बजारमा देखिएको अस्थिरताले बजार भाउ कति कायम होला भन्ने अनिश्चतता समेत उत्तिकै छ । यस्तो अवस्थामा बैंकको लिलामीको सेयर कतिसम्ममा बिक्री होला लगानीकर्तामा चासोको बिषय समेत बनेको छ ।

बैंकको न्यूनतम शेयरमूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् भने अधिकत्मको सिमा तोकिएको छैन । बिक्रीमा राखेजति सबै सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सिभिलको लिलामीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्नेछन् ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।

यस्तो छ वित्तीय अवस्था

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ६९ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५६ पैसा, पूँजी कोष अनुपात १८.३६ प्रतिशत र निक्षेप लागत ८.१४ प्रतिशतमा पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ३७ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा विस्तार ३३ अर्ब ५५ करोड रुपैयाँ छ । पाँच अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।