सेयर बजारमा म्युचुअल फण्डको लगानी ५ अर्ब ८६ करोड, यी हुन् १० उत्कृष्ट कम्पनी

Mar 08, 2018 Merolgani

-तीर्थराज पौड्याल

सेयर बजारमा मुख्य लगानी गर्ने उदेश्यका साथ अहिले १२ वटा सामूहिक लगानी कोष सञ्चालनमा छन् । १२ अर्ब पाँच करोड रुपैयाँ कोषको आकार भएको फण्डहरुले माघ मसान्तसम्ममा कोषको आकारको ४८ दशमलव ६२ प्रतिशत पूँजी अर्थात पाँच अर्ब ८६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेका छन् ।

अहिले सञ्चालनमा रहेका १२ फण्डमध्ये नबिल इन्भेष्ट बैंकिङ्गका व्यवस्थापनमा २ वटा, एनआईबिल क्यापिटलका २ वटा, सिद्धार्थ क्यापिटलका २ वटा, लक्ष्मी क्यापिटल मार्केटको २ वटा, एनएमबि क्यापिटलको २ वटा र ग्लोबल आईएमई क्यापिटल, सानीमा क्यापिटलको व्यवस्थापनमा एक वटा म्युचुअल फण्ड सञ्चालनमा रहेका छन् ।

सञ्चालनमा रहेको सामूहिक लगानी कोष मध्ये सिद्धार्थ इक्विटी फण्डको कोषको आकार सबैभन्दा बढी एक अर्ब ५० करोड रहेको छ भने सबैभन्दा कम लक्ष्मी भ्यालु फण्डको ५० करोड रुपैयाँ मात्र रहेको छ ।

 

 सामूहिक लगानी कोषको आकारको तुलनामा सबैभन्दा बढी एनआईबिएल समृद्धि फण्ड १ ले सेयर बजारमा कोषको आकारको ८५.६९ प्रतिशत अर्थात ८६ करोड रुपैयाँ सेयर बजारमा लगानी गरेको छ । सबैभन्दा कम पछिल्लो समय सञ्चालनमा आएको सानीमा इक्विटी फण्डले १०.३८ प्रतिशत अर्थात १३ करोड रुपैयाँ मात्र लगानी गरेको देखिन्छ ।

 

पाँच म्युचुअल फण्डले आफ्नो कोषको आकारको ५० प्रतिशत भन्दा कम लगानी गरेका छन् भने सात फण्डले कोषको आकारको ५० प्रतिशत भन्दा बढी लगानी सेयर बजारमा गरेका छन् । बाँकी लगानी हकप्रद र सूचीकृत नभएका सेयर तथा बैंक खातामा मुद्धति निक्षेप राखेका छन् ।

म्युचुअल फण्डहरुको माघ महिनामा प्रकाशित गरेको वित्तीय विवरण अनुसार कुल लगानीमध्ये पाँच अर्ब ८६ करोड धितोपत्रमा लगानी मध्ये नबिल बैंक सबैभन्दा बढी प्रथामिकतामा परेको छ । १२ म्युचुअल फण्डले नबिल बैंकको संस्थापक सेयरमा मात्रै झण्डै २७ करोड रुपैयाँ लगानी गरेका छन् ।

दोस्रो नम्बरमा रहेको नेपाल लाइफमा २५ करोड ७४ लाख रुपैयाँ लगानी देखिन्छ । दशाैं नम्बरमा परेको नेपाल इन्भेष्टमेष्ट बैंकको संस्थापकमा यी फण्डको कुल लगानी १४ करोड रुपैयाँ रहेको छ ।

सेयर बजारमा एनआईबिएल समृद्धि फण्डको लगानी सबैभन्दा बढी

माघ महिनामा सामुहिक लगानी कोषहरुले धितोपत्रमा गरेको लगानी हेर्दा सबैभन्दा बढी एनआईबिएल समृद्धि फण्डले ८५ करोड ६९ लाख रुपैयाँ सेयर बजारमा लगानी गरेको देखिन्छ । दोस्रो नम्बरमा रहेको सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीमले ७८ करोड तीन लाख रुपैयाँ लगानी गर्दा पाँचौ ठुलो लगानी गरेको नबिल इक्विटी फण्डको ५९ करोड ६५ लाख रुपैयाँ लगानी गरेको छ ।

 

गत मंसिरमा इकाई निष्काशन गरि फागुन १६ गतेदेखि नेप्सेमा कारोबार सुरु भएको सानीमा इक्विटी फण्डको धितोपत्रमा कुल १३ करोड ४९ लाख रुपैयाँ लगानी रहेको देखिन्छ ।

त्यस्तै गत असोजमा इकाई निष्काशन गरेर पुस ३० गतेदेखि कारोबार सुरु भएको सिद्धार्थ इक्विटी फण्डले १७ करोड १३ लाख रुपैयाँ लगानी गरेको छ । यी दुबै फण्ड पछिल्लो समय निष्काशन भएकाले थोरै लगानी देखिएको हो ।

सिद्धार्थ इक्विटी फण्डसँग लगानी क्षमता बढी

माघ महिनाको प्रतिवेदन अनुसार सिद्धार्थ इक्विटी फण्डसँग सञ्चालनमा रहेको १२ म्युचुअल फण्डमध्ये सबैभन्दा धेरै सेयर बजारमा लगानी गर्ने क्षमता देखिन्छ । यस फण्डसँग माघ महिनाको अन्त्यसम्म एक अर्ब १६ करोड रुपैयाँ ६६ लाख रुपैयाँ बराबरको बैंक सञ्चिति रहेको छ ।

सानीमा इक्विटी फण्ड र नबिल ब्यालेन्स्ड फण्डसँड क्रमश ९० करोड २६ लाख तथा ६० करोड ५९ लाख रुपैयाँ लगानी गर्ने क्षमता देखिन्छ । अरु ९ वटै फण्डको बैंक मौज्दातमा ५० करोड भन्दा कम रकम रहेकाले लगानी क्षमता पनि थोरै देखिन्छ ।

 

सबैभन्दा कम लगानी गर्नसक्ने अवस्था एनआईबिएल प्रगति फण्डको देखिएको छ । प्रगति फण्डसँग चार करोड ५५ लाख रुपैयाँ बैंक खातामा मौज्दात देखिन्छ । उसले आफुसँग रहेको रकम भरपुर सेयर बजारमा लगानी गरेको देखिन्छ ।

नविल ब्यालेन्स्ड फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य उच्च

सञ्चालनमा रहेका १२ फण्डमध्ये नबिल व्यालेन्स्ड फण्डको प्रतिइकाई खुद सम्पति मूल्य सबैभन्दा बढी अर्थात १८ रुपैयाँ ०३ पैसा रहेको छ । सबैभन्दा कम एनआईबिएल प्रगति फण्डको प्रतिइकाई खुद सम्पति मूल्य ८ रुपैयाँ ७३ पैसा रहेको छ ।

माघ महिनाको प्रतिइकाई खुद सम्पति मूल्य अनुसार नै ती फण्डको धितोपत्रको दोस्रो बजारमा कारोबार मूल्य मिश्रीत देखिएको छ । धेरै प्रतिइकाई खुद सम्पति मूल्य भएको फण्डको मूल्य बढी छ भने कम प्रतिइकाई खुद सम्पति मूल्य रहेको फण्डको मूल्य पनि कम रहेको छ ।

 

सञ्चालनमा रहेका फण्डमध्ये ६ सामुहिक लगानी कोषहरु सिद्धार्थ इक्विटी फण्ड, एनएमबि हाईब्रिड फण्ड एल १, एनआईबिएल समृद्धि फण्ड १, सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम, एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड १, र नबिल व्यालेन्स्ड फण्ड १ को प्रतिइकाई खुद सम्पति मूल्य भने बजार मूल्यभन्दा बढी रहेको छ ।

अन्य ६ वटा सामुहिक लगानी कोषहरु एनआईबिएल प्रगति फण्ड, नबिल इक्विटी फण्ड, लक्ष्मी इक्विटी फण्ड, ग्लोबल आईएमई समुन्नत योजना १, सानिमा इक्विटी फण्ड, लक्ष्मी भ्यालु फण्ड १ को प्रतिइकाई खुद सम्पति मूल्यभन्दा प्रतिइकाई बजार मूल्य बढी छ ।

हालसालै सिबिआईएल क्यापिटल, र एनआईसी एशिया क्यापिटलले पनि सामूहिक लगानी कोषको इकाई जारी गरेका छन् । यी लगानी कोषले धितोपत्र बजारमा लगानी गरिसकेका छैनन् । यी कोषले लगानी बढाउँदा बजार थप विस्तार हुनेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।