कालिका माइक्रोक्रेडिटको २१.२१ प्रतिशत लाभांश पारित

Mar 08, 2018 Merolgani

कालिका माइक्रो क्रेडिटको आठौं साधारणसभाले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई २१.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बोनस सेयरको कर बापतको ९ लाख २१ हजार ५३ रुपैयाँ नगद लाभांश वितरणको लागि स्वीकृती दिने प्रस्तावहरु समेत पारित गरेको छ ।

लघुवित्त सञ्चालक समितिले प्रस्ताव गरे अनुरुप चुक्ता पुँजी ८ करोड २५ लाख रुपैयाँको २१.२१ प्रतिशतले हुन आउने १ करोड ७५ लाख रुपैयाँ बोनस सेयर पश्चात लघुवित्तको चुक्ता पुँजी १० करोड रुपैयाँ पुगेको छ ।

बैंकका संचालक समितिका अध्यक्ष इन्जिनियर विष्णुप्रसाद पौड्यालको अध्यक्षतामा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७३/०७४ को वार्षिक प्रतिवेदनमाथि छलफल, लेखा परिक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७४/७५ को लागि लेखा परिक्षक नियुक्ति समेत गरेको छ ।

लघुवित्तको सञ्चालक समितिको निर्वाचनबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्नेगरि विश्वराज नेपाल र करुणा पोखरेल सञ्चालक निर्वाचित भएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।