बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स बीच सम्झौता

Mar 08, 2018 Merolagani

बैंक अफ काठमाण्डू र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच बुधबार बैंकान्स्योरेन्स सम्झौता भएको छ । सो सेवा प्रदान सम्बन्धि सम्झौता पत्रमा बैंक अफ काठमाण्डूका बजार व्यवस्थापन विभागका प्रमुख रितेश लामिछाने र एभरेष्ट इन्स्योरेन्सका नायव महाप्रवन्धक प्रदिप मोहन धौभडेलले हस्ताक्षर गरे ।

सम्झौतासँगै विओकेका बैंकका ग्राहकहरुले एभरेष्ट इन्स्योरेन्सका विभिन्न प्रकारका बीमा सेवा प्राप्त गर्न, बीमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

सो सेवा बैंक अफ काठमाण्डूका सम्पूर्ण शाखाहरुबाट उपभोग गर्न सक्ने व्यवस्था मिलाइने विज्ञप्तीमा जनाइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।