व्यावसाय विस्तारमा तात्यो एभरेष्ट इन्स्योरेन्स, सिभिल बैंकसँग पनि गर्यो बैंकासुरेन्स सम्झौता

Mar 09, 2018 Merolagani

पछिल्ला दिनमा एभरेष्ट इन्स्योरेन्सले व्यवसाय विस्तारलाई प्राथमिकतामा राख्न थालेको छ । बुधबार बैंक अफ काठमाण्डूसँग बीच बैंकासुरेन्स सम्झौता गरेको एभरेष्ट इन्स्योरेन्सले शुक्रबार सिभिल बैंकसँग पनि बैंकासुरेन्स  सम्झौता गरेको हो । यसअघि फागुन १८ गते एभरेष्टले कुमारी बैंकसँग सम्झौता गरेको थियाे ।

शुक्रबार भएको बैंकासुरेन्स सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्ग र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताबाट सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । यसबाट बैंकका ग्राहकवर्गले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्ने जनाइएको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।