ओम डेभलपमेन्टले पनि पुर्यार्यो राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी

Mar 09, 2018 merolagani

ओम डेभलपमेन्ट बैंक (OMDBL) ले राष्ट्र बैंकले तोकेको न्युनतम दुई अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको छ । बैंकको एघारौ बार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट प्रस्ताव गरेको १७.६९ प्रतिशत बोनश पारित गरेपछि बैंकको चुक्ता पूँजी पुगेको हो ।

बोनश शेयर बितरण भएपछि बैंकको चुक्ता पुंजी २ अर्ब ५१ करोड पुग्नेछ । पोखराको ओमले गोर्खाको मनास्लु विकास बैंकलाई गाभेपछि ३० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

साथै, शुक्रबार सम्पन्न बैंकको साधारणसभाले संस्थापक र साधारण समूह तर्फबाटा तीन तीन जना संचालक चयन गरेको छ ।

साधारण सभाबाट सुशील कुमार गोशली, राजेन्द्र कुमार बाटाजु र बिजय मल्ल संस्थापकको तर्फबाट तथा योगेन्द्र लाल प्रधान, श्रीकृष्ण रेग्मि र कर्म कुमारी गुरुङ्ग साधारण सेयरधनीको तर्फबाट सर्वसम्मतिले संचालकमा निर्वाचित भएका हुन् ।

निर्वाचनपछि बसेको सञ्चालक समितिको बैठकले सुशील कुमार गोशलीलाई सञ्चालक समितिको अध्यक्ष चयन गरेको ब्यहोरा बैंकका प्रमुख कार्यकारी अधिकृत बिश्व मोहन अधिकारीले जानकारी दिए ।

बैंकको अहिले ५२ शाखा, ११ वटा एटिएम, २ लाख ३१ हजार ग्राहक रहेका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।