नेको इन्स्योरेन्सको कार पूर्व प्रबन्धकले कब्जा गरेपछि यस्तो आयो चेतावनी

Mar 11, 2018 merolagani

नेको इन्स्योरेन्स (NIL) ले आफ्नै कम्पनीका पूर्व प्रबन्धकले कम्पनीको नाममा रहेको बा १६ च ४२४८ नं को कार हडपेपछि चेतावनी सहितको सूचना जारी गरेको छ । नेकोले पूर्व प्रबन्धक मनोजसिंह भण्डारीको नाममा सार्वजनिक सूचना जारी गर्दे कम्पनीको नाममा रहेको कार सात दिनभित्र फिर्ता गर्न भनेको छ ।

नेको इन्स्योरेन्सका अनुसार उदयपुर त्रियुगा ८ स्थायी ठेगाना भएका हाल ललितपुर महानगरपालिका वडा नं ३ धोबीघाट बस्ने मनोज सिंह भण्डारीले कम्पनीमा कार्यरत रहदा प्रयोग गर्ने गरेको कार कम्पनीबाट राजीनामा दिए पश्चात पनि आफैसँग लगेको बताएको छ ।

नेको इन्स्योरेन्सको नाममा रहेको बा १६ च ४२४८ नं कार सिंहले आफै प्रयोग गरिरहेको र पटक पटक अनुरोध गर्दा पनि आलटाल गरी सवारी साधान नुबझाएपछि सार्वजनिक सूचना प्रकाशित गरेको जनाएको छ ।

कम्पनीले सूचना प्रकाशित भएको सात दिन भित्र कम्पनीको कार बुझाउन भनेको छ । अन्यथा कानून बमोजिम कब्जामा लिने चेतावनि समेत दिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।