नेको इन्स्योरेन्सका प्रबन्धक भण्डारी भन्छन्, 'सबै पैसा तिरिसकेको छु'

Mar 11, 2018 Merolagani

आइतबार नेको इन्स्योरेन्सले कम्पनीका तत्कालीन प्रबन्धक मनोज सिंह भण्डारीको नाममा प्रकाशित गरेकाे सूचनाप्रति उनले आपत्ती जनाएका छन् । आफु नेको इन्स्योरेन्समा कार्यरत रहँदा सवारी सुविधाका सम्बन्धमा भएको सम्झौता र नियमावली अनुसार सबै रकम भुक्तानी गरिसकेको अवस्थामा सूचना आएको भन्दै उनले नेको इन्स्योरेन्सको ध्यानाकर्षण गराएका छन् ।

नेकोको तत्कालीन प्रबन्धक मनोज सिंह भण्डारीले नेको इन्स्योरेन्सलाई सम्झौता अनुसार सवारी साधानको ह्रासकट्टी गरेर १२ लाख ८९ हजार १६० रुपैयाँ बुझाई सकेको बताएका छन् । सवारी साधान खरिद गर्ने बेला आफुले धरौटी वापत ४ लाख २४ हजार ८ सय रुपैयाँ जम्मा गरेको र बाँकी रकम सम्झौता अनुसार वार्षिक २० प्रतिशतले ह्रासकट्टी गरी बैंकमा जम्मा गरेको उनको भनाई छ ।

 

भण्डारीले नेको इन्स्योरेन्सको बैंक अफ काठमाण्डूको खातामा २०७४ मंसिर ४ गते पैसा जम्मा गरेको भौचर र सो सम्बन्धमा नेको इन्स्योरेन्सलाई गराएको जानकारीको पत्र मेरोलगानीलाई उपलब्ध गराएका छन् । कागजात हेर्न यहाँ क्लिक गर्नुहोस् ।

‘नेको इन्स्योरेन्सले गरेको व्यवस्था अनि मसँग भएको सम्झौता अनुसारको रकम मैले कम्पनीलाई तिरिसकेको छु । यस्तो अवस्थामा मेरो नाममा किन सूचना निकालेर चरित्र हत्या गर्न खोजिएको छ ।’ उनले मेरोलगानीसँग भने ।

भण्डारीका अनुसार भदौ २९ गते २ महिनाको नोटिस पिरियडसम्म कार्यालय आउने गरी नेको इन्स्योरेन्समा राजीनामा बुझाएका थिए । उक्त राजीनामा अझै स्वीकृत भएको छैन । सवारी सुविधाका सम्बन्धमा कम्पनी र आफ्नो बिचमा २०७३ मंसिर १३ मा भएको सम्झौता विपरित शिर्षक नखुलाई रकम भुक्तानी गर्न भनेको उनको आरोप छ । सोही दिन उनले कम्पनीसँग रकम भुक्तानी गर्नुपर्ने कारण तथा शिर्षक माग गरेका थिए ।

तत्कालिन प्रबन्धकले कम्पनीसँग आफुले तिर्नुपर्ने रकमको प्रष्ट विबरण माग गरेपछि नेको इन्स्योरेन्स सञ्चालक समितिले अदालात जाने निर्णय गरी कात्तिक १७ गते काठमाण्डौं जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो । मेरोलगानीसँग कुरा गर्दै नेको इन्स्योरेन्सको मानव संशाधन विभागकी समीक्षा पोखरेलले भने अहिलेसम्म भण्डारीबाट कुनै पनि रकम प्राप्त नभएका कारण सूचना निकालिएको दाबी गरिन् ।

सो मुद्धाको पेशी आगामी चैत १ गते रहेको भन्दै उनले मुद्धा चलिरहेको बेला अवास्तविक रकम उल्लेख गरी तिरेको पैसालाई नतिरेको भनी चरित्रमा आघात पर्ने सूचना प्रकाशित गराइएको आरोप समेत लगाएका छन् । सवारी सुविधासम्बन्धमा कम्पनी र भण्डारीका बिचमा भएको सम्झौतामा के छ ? यहाँ हेर्नुहोस् ।

भण्डारीले आफु कार्यरत रहँदा तालिममा सहभागि भए वापत आफुसँग नेको इन्स्योरेन्सले ३ लाख रुपैयाँ तथा दशैं खर्च वापत झण्डै ५० हजार रुपैयाँ माग गरेको र त्यो कम्पनीको व्यवस्था विपरित रहेको बताएका छन् । मेरोलगानीलाई उनले उपलब्ध गराएका थप कागजात यस प्रकार छन् । 

यस अघि कम्पनीले प्रकाशित गरेको सूचनाका आधारमा बनेको सामग्री..
...[नेको इन्स्योरेन्सको कार पूर्व प्रबन्धकले कब्जा गरेपछि यस्तो आयो चेतावनी]...


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।