भारतले सौर्य उर्जाबाट १०० गिगावाट विद्युत उत्पादन गर्ने

Mar 12, 2018 merolagani

भारतले सन् २०२२ सम्ममा १७५ गिगावाट विद्युत उत्पादन गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार नयाँ दिल्लीमा भएको अन्तर्राष्ट्रिय सौर्य उर्जा सम्झौता सम्मेलन (आइएसए) को उद्धघाटन समारोहमा भने, “भारतले आगामी पाँच बर्षभित्र १७५ गिगावाट विद्युत निकाल्ने र यसमध्ये १०० गिगावाट बिजुली सौर्य उर्जाबाट उत्पादन गर्ने घोषणा गर्ने योजना ल्याएको छ ।”

भारतीय प्रधानमन्त्री मोदीले भने, “हामीले अहिलेसम्म २० गिगावाट विद्युत सौर्य शक्तिबाट उत्पादन गर्न सफल भइसकेका छौँ । भारतमा अहिले परम्परागत स्रोतबाट विद्युत निकालिरहेको सन्दर्भमा थप विद्युत उत्पादनको स्रोत नवीकरणीय उर्जालाई बनाइनेछ ।”

सरकारले ‘सौर्य अध्ययन बत्ती योजना’ मार्फत् ७० लाख विद्यार्थीलाई उज्यालोको पहँुच दिनेछ । ‘अटल ज्योति योजना’को उद्देश्य भारतीय सडकमा वत्तीको प्रवन्ध गर्नु भएको र यसलाई सौर्य उर्जाको सहायतामा सफल पार्ने उनको भनाई थियो ।

प्रधानमन्त्री मोदीले भने, यदि सौर्य शक्तिलाई प्रविधिका अन्य क्षेत्रमा पनि जोड्न सकियो भने यसबाट मुलुकको विद्युतको मागलाई थप परिणाममुखी बनाउन सकिनेछ ।

भारत सरकारले २८ अर्ब एलइडी वल्व बाँडेर विगत तीन बर्षमा दुई अर्ब अमेरिकी डलर बराबरको धनराशी जोगाएको छ भने ४ गिगावाट विद्युत खपतलाई पनि बचाएको छ, प्रधानमन्त्री मोदीले भन्नुभयो । यसबाहेक यस योजनाले तीन करोड टन कार्बनडाई अक्साइड उत्सर्जन हुनबाट जोगाएको छ ।

भारतले विभिन्न १५ विकासोन्मुख मुलुकमा एक अर्ब चार करोड अमेरिकी डलर बराबरको २७ सौर्य योजना सञ्चालनमा ल्याउन लागेको उक्त कार्यक्रममा बताइएको थियो ।

 

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।