सहकारीले कम्पनी खोल्न पाउनेगरि ऐन संशोधन गर्ने अर्थमन्त्रीको घोषणा

Mar 12, 2018 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले सहकारी संस्थालाई कम्पनी खाेल्न पाउने गरि सहकारी ऐन संसोधन गर्न सरकार तयार रहेको बताएका छन् । आईतबार साना किसान विकास बैंकको १७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दे खतिवडाले विद्यमान सहकारी ऐनले कम्पनी स्थापना गर्न राेक लगाएकाले यसलार्इ पून: परिभाषित गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्थमन्त्री खतिवडाले निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायीकरण गर्न निर्यात गर्नसक्ने सहकारीलाई एक ठाउँमा ल्याएर ती संस्थालाई बजारसँग आवद्ध गराउनुपर्ने बताए । बजारसँग आवद्ध गराउने क्रममा कम्पनीसँग जोड्नुपर्ने र सहकारीले प्रतितपत्र (एलसी) खोलेर अन्तराष्ट्रिय बजारसम्म पुगेर कारोबार गर्ने अवस्था नरहेको भन्दै यसलाई समयसापेक्ष रुपमा परिवर्तन गर्नुपर्ने उनकाे धारणा छ ।

आफैँ साना किसानको छोरा भएको दृष्टान्त दिँदै खतिवडाले भने:- "मैले कृषकको समस्या नजिकबाट बुझेको छु र यो सरकार किसानहरुको सरकार हो, कृषकको हित गर्ने संस्था मार्ने काम सरकारले गर्देन । के कस्तो कानूनी आधार र संरचना चाहिन्छ त्यस्तो व्यवस्था गर्न सरकार सकारात्मक छ ।"

अर्थमन्त्री खतिवडाले कृषकको हितका लागि सहकारी प्रणाली समेटिनु धेरै राम्रो भएको भन्दै सबैलाई प्रणालीले समेट्न नसक्ने हुँदा साना किसानलाई सेवा दिन विकल्प पनि खुला गर्नुुपर्ने बताए । आफुले योजना आयोगको उपाध्यक्ष हुँदा किसानलाई एक अर्ब रुपैयाँ सापटी दिँदा पैसा बाँडेर राजनीति गरेको भन्दै राम्रो काम गर्दा पनि खुट्टा तान्ने र अभियानलाई कुण्ठित पार्ने काम भएको समेत स्मरण गरे ।

तर त्यो भ्रमित पार्ने काम क्षणिक भएको अहिले प्रमाणित भएको भन्दै किसानलाई प्रदान गरेको रकम साना किसानले पायो कि पाएन र गरीबी घटाउन सहयोग पुग्यो कि पुगेन भन्ने महत्वपूर्ण हुने बताए । यसको प्रमाण नै साना किसान बैंकको करोडबाट सुरू भएकाे कारोबार १७ अर्बमा पुग्नुले पुष्टि गरेकाे उनकाे भनाइ छ । 

सहकारी मार्फत आवश्यकता बढी भएको नेपालको उत्पादनलाई निर्यातको प्रकृयामा जोड्नुपर्ने चुनौती रहेको उल्लेख गरे। खतिवडाले उत्पादन वृद्धि गरि निर्यात नेटवकिङ्ग स्थापित गर्न संगठनको सम्बन्ध विस्तारका साथै नयाँ प्रविधिको प्रयोग गर्दे नयाँ क्षमता विकास गरेर अगाडि बढ्नुपर्ने बताए ।

यसका लागि नयाँ प्रविधीमा आधारित भएर जलवायु, सिँचाइ, विषदी आदीका सूचना प्राप्त गर्दे प्रविधीको प्रयोगबाट नयाँ प्रविधिमा आधारित रहेर दिगो कृषि विकासका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्ने उनको भनाई छ ।

किसानलाई व्यवसायीक बनाउँदै परम्परागत खेतीप्रणालीबाट आधुनिकमा रुपान्तरण गरि कृषिको माध्यमबाट आर्थिक रुपान्तरण गर्नुपर्ने चुनौती रहेको बताउँदै उनले यसका लागि खण्डिकृत रहेको कृषिको आधारभुत सम्बन्धमा परिवर्तन गर्नुपर्ने बताए ।

यसका लागि व्यक्तिगतबाट सामूहिक खेतीप्रणालीमा जानुपर्ने, प्रविधीको प्रयोगबाट उत्पादकत्व वृद्धि, उपभोक्ताको हीत आयात प्रतिस्थापन हुनेगरि कृषिकहरुले मूल्य श्रृंखलामा अधिकतम मूल्य पाउनेगरि उत्पादन बढाउनुपर्ने आवश्यकता खतिवडाले औल्याए । यसले कृषिलाई विशिष्टिकृत हुन सहयोग पुर्याउने र निर्वाहमुखीबाट बजारमुखीमा रुपान्तरण हुन सहयोग पुग्ने उनले भनाइ छ ।

साना किसान विकास बैंकले आर्थिक वर्ष २०७४/७५ को अर्धवार्षिक अवधिमा चालु आवको प्रक्षेपित नाफाको ५० प्रतिशतभन्दा बढी १७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । पुस मसान्तमा यस बैंकको कूल सम्पत्ति १७ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशत बढी हो । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।