आइएमई जनरल इन्स्योरेन्सको ३३ औं शाखा टेकूमा

Mar 13, 2018 Merolagani

आइएमई जनरल इन्स्योरेन्स (IGI)  ले काठमाण्डौंकोे टेकू स्थित अम्बे कम्पलेक्समा ३३ औं शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले गरेका छन् ।

शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चापागाईज्यूले कम्पनीले छोटो समयमानै आफ्नो साख स्थापित गर्न सफल भएकोमा लगानीकर्ता, संचालक समिति, व्यवस्थापन तथा सम्पूर्ण कर्मचारीहरुलाई धन्यवाद दिएका थिए । बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिंदै अघि बढ्न व्यवस्थापनलाई सुझाब दिएका थिए । 

समितिका अध्यक्ष चापागाईले सबैलालई आफनो चल, अचल सम्पत्तीको बीमा गरेर ढुक्क भएर व्यापार व्यावसाय विस्तार गर्न आग्रह गरेका थिए ।

सोही अवसरमा कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी सेवाग्राहीलाई विश्वसनिय सेवा प्रदान गर्ने बताएका थिए । ३३ वटा शाखा तथा १० उपशाखा बाट सेवाग्राहीहरुलाई उच्च कोटीको सेवा प्रदान गर्ने ढकालले बताए ।

इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको कम्पनीको वित्तीय विबरण प्रकाश पारेका थिए ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।