नेप्सेले १२.५० प्रतिशत बोनसपछि प्राइम लाईफको प्रतिकित्ता सेयरमूल्य ५५१ रुपैयाँ ११ पैसा निर्धारण गरेको छ । यहि मूल्यलाई आधार मानेर कम्पनीको बुधबार सेयर कारोबार सुचारु हुनेछ । जसको १८० दिनको सेयर कारोकारोबारका आधारमा औसत आधारमूल्य ७२६ रुपैयाँ ७९ पैसा कायम भएको छ ।
प्राइम लाइफले फागुन ३० गते बाेनस वितरण गर्न बुकक्लोज गरेकाे हाे । यसअनुसार २९ गतेसम्म कायम सेयरधनीले मात्र बोनस पाउनेछन् । इन्स्योरेन्सले चैत १४ गते बुधबार अग्रवाल भवन कमलपोखरीमा दिउँसो २ बजे ११ औं बार्षिक साधारण सभा आह्वान गरेको छ।
सभाले हकप्रद पश्चात कायम हुने चुक्ता पूँजी एक अर्ब ५८ करोड ६५ लाख २० हजार रुपैयाँको १२.५ प्रतिशतले हुने १९ लाख ८३ हजार १५० कित्ता सेयर वितरण गर्ने प्रस्ताव पारित गर्देछ ।
त्यस्तै जारी तथा चुक्ता पूँजी वृद्धि गर्ने, सञ्चालकको बैठक भत्ता वृद्धि गर्ने, नाफा नोक्सान हिसाब पारित गर्ने , लेखापरिक्षक नियुक्ति,र प्रबन्धपत्र तथा नियमावली संसोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका छन् ।
प्राइमले १ बराबर १.६० को अनुपातमा ९७ करोड ६३ लाख २० हजार रुपैयाँ बराबरको ९७ लाख ६३ हजार २ सय कित्ता हकप्रद फागुन २७ गतेदेखि हकप्रद बिक्री गरिरहेकाे छ । जसमा फागुन १६ गतेसम्म कायम रहेका सेयरधनीले बैशाख २ गते सम्म आवेदन गर्न सकिने बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २ लाख रुपैयाँ रहेको छ । हकप्रद बिक्री र बोनस सेयर पूँजीकरण पश्चात कम्पनीको चुक्ता पुँजी एक अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले चालु आर्थिक बर्षको पुष मसान्तसम्ममा ११ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गरि प्रतिसेयर आम्दानी ३७ रुपैयाँ कायम गरेकाे छ ।