सेन्चुरी बैंकको पनि पुग्यो आठ अर्ब चुक्ता पूँजी, ५ प्रतिशत बोनस पारित

Mar 14, 2018 merolagani

सेन्चुरी बैंक (CCBL) ले पनि राष्ट्र बैंकले तोकेको आठ अर्ब रुपैयाँ चुक्तापूँजी पुर्याएको छ । बैंकको फागुन ३० गते बुधबार सम्पन्न ७ औ बार्षिक साधारणसभाले पाँच प्रतिशत बोनस पारित गरेसँगै बैंकको चुक्ता पूँजी आठ अर्ब नाघेको हो ।

साधारण सभामा बैंकले ५ प्रतिशत बोनस र ५ प्रतिशत नै नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

 

बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्स प्राप्तीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६७ करोड ९४ लाख रुपैयाँको पाँच प्रतिशत अर्थात ३८ करोड ३९ लाख ७३ हजार ९२ रुपैयाँको बोनस सेयर वितरण गर्ने भएको हो ।

बोनसपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६ करोड ३४ लाख ३४ हजार रुपैयाँ पुग्नेछ ।

यसैगरी साधारणसभाले कम्पनीको प्रवन्ध–पत्रमा र नियमावली संशोधन गर्ने जिम्मा सञ्चालक समितीलाई दिएको छ ।

चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३२ करोड ५१ लाख रुपैयाँ र प्रतिसेयर आम्दानी ८ रुपैयाँ ४७ पैसा रहेको छ । यस अवधिमसम्म बैंकले ५२ अर्ब १७ करोड निक्षेप संकलन गरेर ४७ अर्ब ०२ करोड कर्जा परिचालन गरेको छ । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।