नेको इन्स्योरेन्स र कर्णाली डेभलपमेन्टको हकप्रद भर्न छुट्यो कि ?

Mar 15, 2018 merolagani

नेको इन्स्योरेन्स(NIL)  र कर्णाली डेभलपमेन्ट बैंकले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । नेकोले ५० प्रतिशत तथा कर्णाली डेभलपमेन्ट बैंकले २२५ प्रतिशत हकप्रद सेयरको बिक्री खुला गरेका थिए ।

नेकोले एक सय रुपैयाँ अंकित दरका ३९ करोड २० लाख रुपैयाँ बराबरको ३९ लाख २० हजार ९२८ कित्ता सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले निष्कासन गरेको हकप्रदमा माघ ८ गतेसम्म कायम सेयरधनीहरुले आवेदन गर्न पाउनेछन् । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

इन्स्योरेन्सका सेयरधनीले आस्वा सेवा प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालय, एनएमबि क्यापिटल र एनएमबि बैंकका सबै शाखा कार्यालयबाट समेत हकप्रद सेयरका लागि चैत १ गतेसम्म आवेदन गर्न सक्नेछन् ।

हाल कम्पनीको चुक्ता पूँजी ७८ करोड ४१ लाख ८५ हजार रुपैयाँ छ । हकप्रद निष्कासन तथा बाँडफाँड पश्चात कम्पनीको चुक्ता पूँजी एक अर्ब १७ करोड ६२ लाख ७८ हजार रुपैयाँ पुग्नेछ ।

कर्णाली डेभलपमेन्टको २२५ प्रतिशत

 कर्णाली डेभलपमेन्ट बैंकले एक सय रुपैयाँ अंकित मूल्यका ३३ लाख ९७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्कासन गरेको हो ।

पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले माघ ११ गतेदेखि फागुन १६ गतेसम्ममा बैंकको हकप्रद सेयरमा आवेदन गर्न पाउनेछन् ।

बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

शेयरधनीहरुले विक्री प्रबन्धकका साथमा कर्णाली विकास बैंकका शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगंज, पोखरा, बुटवल र धनगढी शाखा कार्यालय र आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

हाल बैंकको चुक्तापूँजी १५ करोड १० लाख छ भने हकप्रद निष्कासन तथा बाँडफाँट पश्चात बैंकको चुक्तापूँजी ४९ करोड ७ लाख पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।