सिभिल बैंकको लिलामीको सेयर सकार्ने आज अन्तिम मौका

Mar 15, 2018 merolagani

सिभिल बैंकले लिलामीमा राखेको ४२ लाख ३८ हजार ९५८ कित्ता सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रदमा नबिकेको  ९ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको छ ।

उक्त लिलामीको सेयरमा फागुन २३ गतेदेखि चैत्र १ गतेसम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलले जनाएको छ ।

दोस्रो बजारमा बैंकको सेयरमूल्य प्रतिकित्ता १५३ रुपैयाँको हाराहारीमा रहेको छ । दोस्रो बजारमा देखिएको अस्थिरताले बजार भाउ कति कायम होला भन्ने अनिश्चतता समेत उत्तिकै छ । यस्तो अवस्थामा बैंकको लिलामीको सेयर कतिसम्ममा बिक्री होला लगानीकर्तामा चासोको बिषय समेत बनेको छ ।

बैंकको न्यूनतम शेयरमूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् भने अधिकत्मको सिमा तोकिएको छैन । बिक्रीमा राखेजति सबै सेयरका लागि पनि लगानीकर्ताले आवेदन दिन सक्नेछन् ।

सिभिलको लिलामीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लक्ष्मी क्यापिटल नयाँ बानेश्वर र लक्ष्मी बैंकका शाखा कार्यालयहरु बीरगंज, बिराटनगर, बुटवल, पोखरा, सुर्खेत, नेपालगंज र धनगढी शाखामार्फत आबेदन दिन सक्नेछन् ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।

यस्तो छ वित्तीय अवस्था

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ६९ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५६ पैसा, पूँजी कोष अनुपात १८.३६ प्रतिशत र निक्षेप लागत ८.१४ प्रतिशतमा पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ३७ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा विस्तार ३३ अर्ब ५५ करोड रुपैयाँ छ । पाँच अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।