प्रमुख कार्यकारी अधिकृत नियुक्त भएकाे जानकारी विहीबार बैंकले नेप्से मार्फत गराएकाे छ ।
माछापुच्छ्रे बैंकमा चार बर्ष प्रमुख कार्यकारी अधिकृत रहेर राजीनामा दिएका गौतम दुई बर्षभन्दा बढि समयपछि फेरी प्रमुख कार्यकारी अधिकृत भएर फर्किन लागेका हुन् । उनले मार्केटिङ र फाइनान्समा एमबीए तथा अर्थशास्त्रमा स्नातक गरेका छन् ।
सेञ्चुरी बैंकले यसअघि अनिल केशरी शाहलाई सिइओ नियुक्त गरेपनि तलव सुविधामा सहमति नजुटेपछि शाह नबिल बैंक मै डेपुटी सिइअाे भएर फर्किएका थिए ।
नेपाल बैंकबाट ३६ वर्षअघि बैंकिङ्ग क्षेत्रमा प्रबेश गरेका गौतम एनआईसी एशिया (तत्कालीन नेपाल इन्डोसेज बैंक) छाडेर एसबिआई बैंक गएका थिए । एसबिआर्इ बैकबाट माछापुच्छ्रे बैंकमा सिइओ भएका थिए ।
माछापुच्छ्रे बैंकबाट छाडेपछि उनी इक्रा नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत समेत रहेका थिए ।