दोस्रो बजार लाभदायक नबनिरहेका बेला सेयर लिलामीमा ध्यान दिने कि ?

Mar 15, 2018 Merolagani

सेयर कारोबार सुस्त बनिरहेका बेला सूचीकृत कम्पनीहरुले लिलाममा राखेको सेयर पनि बिक्री हुन सकिरहेका छैनन् । न्यूनतम एक सय रुपैंयाभन्दा माथिको मूल्यमा आवेदन गर्ने किसिमका लिलामी सेयरमा सस्तो मूल्यमा आवेदन गर्दा सेयर सकार्ने मौका आउने सम्भावना देखिएको छ ।

बिहीबारदेखि रिलायन्स फाईनान्स र गण्डकी विकास बैकले हकप्रदमा बिक्री नभएको १० लाख कित्ताभन्दा बढी सेयर लिलामीमा निकालेका छन् । बजारको अवस्था, लगानीकर्ताको मानसिकता लगायतलाई ध्यानमा राखेर सही निर्णय गर्न सकेकाे खण्डमा लिलामीको सेयर सकारेर फाइदा लिन सक्ने देखिन्छ । 

रिलायन्स फाईनान्सले हकप्रदमा बिक्री नभएको ६ लाख ५२ हजार ९४० कित्ता सेयर लिलामीको लागि आवेदन खुल्ला गरेको छ । जसमा संस्थापक ५ लाख ४२ हजार ३१४ कित्ता र सर्वसाधारण तर्फको १ लाख १० हजार ६२६ कित्ता सेयर लिलामीमा राखिएको हो ।

लिलामीमा न्यूनतम १ हजार कित्ता देखि माथि माग गरिएको सम्पूर्ण सेयरको लागि आवेदन गर्न सकिने छ । आवेदन गर्न इच्छुक लगानीकर्ताले फाइनान्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्केट र फाईनान्सको शाखा कार्यलयहरु पोखराको महेन्द्रपुल, चितवनको नारायणगढ, काभ्रेको बनेपा, झापाको चारआली र सनराईज बैंकको शाखा कार्यलय विराटनगर, बीरगञ्ज, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन गर्न सकिने ब्यवस्था गरिएको छ । लिलामीमा राखिएको सेयरमा चैत ८ गते सम्ममा आवेदन गर्नु पर्ने हुन्छ ।

लिलामी प्रकृयामा सहभागि हुँदा उचालिएर आवेदन गर्नु घातक हुन सक्छ । अहिलेको बजार मूल्यभन्दा निकै सस्तो मूल्य कबुलेर आवेदन गर्दा सेयर परे पनि नपरे पनि लगानी जोखिममा पर्दैन । बुधबार फाइनान्सको प्रतिकित्ता सेयर १२४ रुपैंयामा किनबेच भएको थियो । यो अवस्थामा फाइनान्सको लिलाम सेयरमा आवेदन गर्दा निकै चनाखो हुन जरुरी छ ।

उता गण्डकी विकास बैकले पनि हकप्रदमा नबिकेको ३ लाख ५२ हजार ९०१ कित्ता सेयर बिहीवार देखि लिलाममा राखेको छ । जसमा २ लाख २२ हजार १८४ कित्ता साधारण सेयर र १ लाख ३० हजार ७१६ कित्ता संस्थापक सेयर रहेको छ । लिलाममा राखिएको सेयरका लागि कम्तीमा १ सय कित्तादेखि १० ले भाग जाने गरी सेयर माग गर्नु पर्ने हुन्छ ।

बैंकको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । सेयर लिलामीमा प्रभु क्यापिटल, गण्डकी विकास बैंकको केन्द्रीय कार्यलय पोखरा, शाखा कार्यलयहरु कठमाण्डौंको खिचापोखरी, मोरगंको विराटनगर, बाराको विरगञ्ज, रुपन्देहीको बुटवल चौराहा तथा प्रभु बैंकको शाखा कार्यलयहरु नेपालगञ्ज, सुर्खेत र धनगढी बाट चैत ८ गते सम्ममा आवेदन गर्नु पर्नेछ ।

बिहीबार बैंकको प्रतिकित्ता सेयर २२८ रुपैंयामा किनबेच भैरहेको छ । लिलामी सेयरमा अपेक्षित आवेदन नपर्ने सम्भावनाले पनि कहिले काँही साचेभन्दा धेरै सस्तो मूल्यमा सेयर सकार्ने अवसर मिल्न सक्छ । तर उचालिएर महंगो मूल्यमा सेयर आवेदन गरेको खण्डमा लगानी फस्ने खतरा उत्तिकै हुन्छ । यस अघि एभरेष्ट बैंकको लिलाम भएको सेयरमा केही लगानीकर्ताले यस्तो अवसर पाएका थिए ।

सिभिल बैंकको लिलामीको सेयर सकार्ने आज अन्तिम मौका

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।