फेडरल पुलिसलाई दिइएको जानकारीका आधारमा परेको उजुरीबाट यो घटना बाहिर आएको हो ।
यो मामला पनि त्यहीँ शाखामा भएको बताइएको छ, जुन शाखामा नीरव मोदीले घोटाला गरेको कुराको खुलासा भएको थियो ।
खबरका अनुसार यो मामला एउटा सानो कम्पनी चन्देरी पेपर एण्ड एलाइड प्रोडक्ट्स प्राइभेट लिमिटेडको भएको बताइएको छ ।
ठगीको घटनाका बारेमा पीएनबीका प्रवक्ताका तर्फबाट भने कुनै पनि बयान आएको छैन । यसका साथै चन्देरी पेपरका तर्फबाट पनि कुनै प्रकारको बयान दिइएको छैन ।
सीबीआइले पीएनबीको पूर्व डीजीएम गोकुलनाथ शेट्टी र चन्देरी पेपर्सका प्रमोटर मनोज हनुमत खारावतका विरुद्ध मुद्दा दर्ता गराएको छ ।
योभन्दा पहिले हीरा व्यवसायी नीरव मोदी र मेहुल चोकसीका तर्फबाट पीएनबीमा १२,६०० करोड भन्दा बढी भारु घोटाला गरेर विदेश भागेको मामलामा जाँच भइरहेको छ । (एजेन्सिको सहयोगमा)