राष्ट्र बैंकले तरलता प्रबाह गर्न खोज्दा बैंकहरु भने देखिए अनिच्छुक

Mar 15, 2018 Merolagani

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई तरलता प्रवाह गर्न रिपो उपकरण मार्फत बुधबार २० अर्ब तरलता प्रवाह गर्याे । तर  पाँच बैंकहरुले मात्र सहभागिता जनाउनुले यसमा बैंकहरु अनिच्छुक देखिएको स्पष्ट हुन्छ । बुधबार प्रवाह गरेकाे २० अर्बमध्ये उनीहरूले ६ अर्ब १० करोड रुपैयाँ मात्र लगे ।

बुधबार चार बाणिज्य बैंकहरु सिटिजन्स्, सिद्धार्थ,ग्लोबल आईएमई, र मेगा बैंकले राष्ट्र बैंकले प्रवाह गरेको तरलताको उपयोग गरेका छन् । विकास बैंकमा कैलाश विकास बैंकले उक्त रकम लगेका राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले बाणिज्यहरु सबैले एक अर्ब बढी र कैलाशले एक अर्बभन्दा कम रकम लगेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा याेग्य लगानी रकम अभाव भैरहेकाे बेला पनि केन्द्रीय बैंकले प्रवाह गरेकाे रकम किन लगेनन् भन्ने प्रश्न सिर्जना भएकाे छ । यस सम्बन्धमा मेराे लगानीसँग कुरा गर्दे कुमारी बैंकको सञ्चालन प्रमुख रामचन्द्र खनालले राष्ट्र बैंकले रिपो मार्फत प्रवाह गरेको रकमले अहिले बाणिज्य बैंकहरुमा देखिएको कर्जायोग्य लगानी रकमको अभावलाई सम्बोधन भईनहाल्ने उनकाे भनार्इ छ । 

खनालले राष्ट्र बैंकले प्रदान गर्ने यस्तो रकमले कर्जा प्रवाह नमिल्ने भएकाले जति पैसा पठाएपनि अहिलेको समस्या समाधान तत्काल समाधान हुँदैन। उनले भने: "राष्ट्र बैंकले प्रवाह गर्ने यस्तो रकम कर्जा दिने रकम होईन । यो रकम बैंकहरुले अनिवार्य मौज्दात कायम गर्नुपर्ने २० प्रतिशतभित्रै पर्ने रकम भएकाले बाणिज्य बैंकहरुलाई आन्तरिक नगद प्रवाह  गर्न (ठूलो रकमहरुको भुक्तानी) र बैंकको सिआरआर अनुपात कायम गर्न मात्र उपयोगि हुन्छ ।"

बिहीबार पनि केन्द्रीय बैंकले  १० अर्ब तरलता प्रवाह गर्देछ । केन्द्रीय बैंकले प्रवाह गर्न रकमले कर्जा लगानी गर्न नपाइने र दैनिक कार्य सञ्चालन गर्न अहिले बैंकहरूमा रकम अभाव नभएकाले यसमा पनि बैंकहरुको न्यून सहभागिता जनाउने निश्चित छ ।

राष्ट्र बैंकले रिपाे उपकरण मार्फत प्रवाह गर्ने रकमले बाणिज्य बैंकहरूबिच रहेकाे अन्तर बैंक ब्याजदर तल झार्न भने सहयाेग पुग्नेछ । सरकारले विहीबारदेखि नै स्थानीय तहमा ७५ अर्ब रूपैयाँ पठाउँदैछ । याे रकमले बैंकहरूलार्इ अहिलेकाे समस्यामा राहत पुग्नेछ । यसले पनि अहिले बैंकहरू केन्द्रीय बैंकमार्फत पैसा लिन अनिच्छुक देखिएका हुन् ।

......{स्थानीय तहमा आज थप ७५ अर्ब बजेट निकासा हुने}........

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।