बैंकास्योरेन्स सम्झौता पश्चात जनता बैंकका सेवाग्राहीले बैंकको सबै शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा उक्त इन्स्योरेन्सको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बीमा सेवा प्राप्त गर्न सक्ने विज्ञप्तीमा उल्लेख छ ।
बैंकले गोरखाको सुलिकोट गाउँपालिकामा नयाँ शाखा समेत सञ्चालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीयतहमा बैंक शाखा पुर्याउने नीतिअनुरुप कम्पनीले सो स्थानमा बुधबारदेखि ९६ औं शाखा सञ्चालनमा ल्याएको बताएको छ ।