एक्सेलले ताेक्याे बुकक्लाेज

Mar 16, 2018 Merolagani

एक्सेल डेभलपमेन्ट बैंकले विशेष साधारण सभाका लागि  चैत  ९ गतेदेखि बुक क्लोज गर्ने भएकाे छ । बैंकले चैत्र २३ गते साई प्यालेस रेष्टुरेन्ट एण्ड बार, विर्तामोड झापामा बिहान ११ बजे  विशेष साधारण सभा अाह्वान गरेकाे छ।

साधारण सभाले बैंकको कार्यक्षेत्र विस्तार गर्ने,प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका प्रस्ताव पारित गर्ने छ । प्रबन्ध–पत्र तथा नियमावलीमा फेरबदल गर्न कुनै निर्देशन प्राप्त भएमा सञ्चालक समिति लाई अख्तियारी दिने निणर्य पनि साधारण सभाले गर्नेछ ।


हाल बैंकको चुक्ता पुँजी ६९ करोड २६ लाख ७३ हजार रूपैंया छ । दोस्रो त्रैमासिक वित्तीय विवरणमा एक्सेलले ७ करोड ५१ लाख खुद नाफा गरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।