यस कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल मार्केट रहेकाे छ । यसअघि कम्पनीले असोज २ गतेदेखि कात्तिक २० गतेसम्म २३ लाख २५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
कम्पनीले चुक्तापुँजी बृद्धि गर्नको लागि हकप्रद सेयरको निवेदन दिएको जनाएको छ । हाल कम्पनीको चुक्तापूँजी ३४ करोड ३ लाख ७९ हजार छ । ६० प्रतिशत हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापूँजी ५७ करोड ५९ लाख २० हजार पुग्नेछ ।