तनहुँ जलविद्युतले अायाेजना  प्रभावितलाई दियाे व्यवसायिक तालिम

Mar 16, 2018 merolagani

१४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाले आयोजना प्रभावितलाई निशुल्क सीपमूलक तालिम दिएकाे छ । आयोजनाको प्रवद्र्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले गत कात्तिकबाट पहिलो चरणमा ६० जना आयोजना प्रभावितलाई इलेक्टे«सियन (हाउस वायरिङ) र प्लम्बिङको तालिम दिन सुरु गरेको थियो । तनहुँ प्राविधिक शिक्षालय भिमादमा सञ्चालन भएको तालिममा इलेक्टे«सियनमा दुई समूह र प्लम्बिङमा एक समूह थिए । तालिमको अवधि ९० दिन अर्थात ३९० घण्टा थियो ।

शुक्रबार शिक्षालयमा गरिएको कार्यक्रममा तनुहँका निमित्त प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल र कम्पनीका प्रवन्ध सञ्चालक प्रदिपकुमार थिकेले तालिममा सहभागीहरुलाई प्रमाणपत्र बितरण गरे ।

आयोजनाबाट प्रत्यक्ष प्रभावित व्यक्तिको उद्यमशीलता विकास गर्न पुनस्र्थापना तथा आदिवासी जनता योजनाका भएको व्यवस्था अनुसार निशुल्क तालिम दिइएको हो ।

आयोजना निर्माणका लागि ठेकेदार कम्पनी छनोट प्रक्रियामा छ । आयोजनाको निर्माण सन् २०२२ भित्र सक्ने लक्ष्य राखिएको छ । अहिले आयोजनाको निर्माण पूर्वका काम भइरहेका छन् । डुवान क्षेत्रमा पर्ने जग्गा अधिग्रहणका लागि करिव ९० प्रतिशत मूआव्जा तथा क्षतिपूर्ति बितरण भइसकेको छ ।
आयोजनाको कूल अनुमानित लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो लागत निर्माण अवधिको ब्याज र प्रसारण लाइन तथा ग्रामीण विद्युतीकरणको खर्च सहितको हो । आयोजनामा नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको अतिरिक्त एसियाली विकास बैक, जापान अन्तराष्ट्रिय सहयोग नियोग र युरोपेली लगानी बैकको संयुक्त लगानी रहने छ ।
आयोजनामा एडीबीले १५ करोड, जाइकाले १८ करोड ४०, इआइबीले ८ करोड ५० लाख र नेपाल सरकार तथा विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर लगानी गर्ने छन् । सन् २०२२भित्र निर्माण सक्ने लक्ष्य राखिएको आयोजनाबाट विद्युत उत्पादन सुरु भएको पहिलो १० वर्षसम्म वार्षिक औसत विद्युत उत्पादन ५८ करोड ७७ लाख र त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने अनुमान गरिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।