नेपाल लाइफले संस्थापक सेयर घटाउने, लाभांश पारित गर्न बोलायो साधारण सभा

Mar 18, 2018 merolagani

नेपाल लाइफ इन्स्योरेन्स (NLIC) ले हाल कायम रहेको संस्थापक तथा साधारण सेयरधनीको शेयर स्वामीत्वको संरचनालाई परिर्वतन गर्ने भएको छ । जसका लागि कम्पनीले संस्थापक शेयरधनीको दश प्रतिशत सेयर साधारण सेयरमा परिणत गर्ने भएको छ ।

अहिले कम्पनीमा संस्थापकको ७० प्रतिशत तथा साधारण सेयरधनीको ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । यसलाई परिर्वतन गरेर संस्थापकको ६० तथा साधारणको सेयरधनीको स्वामित्व ४० प्रतिशत कायम गर्ने प्रस्ताव साधारण सभामा लगिने भएको छ ।

जसका लागि कम्पनीले चैत्र २८ गते बुधबार होटल भिष्वा, विरगंज पर्सामा विहान साढे ९ बजे अठारौं बार्षिक साधारण सभा बोलाएको छ ।

उक्त साधारण सभाले कम्पनीले आफ्ना सेयरधनीलार्इ वितरणका लागि प्रस्ताव गरेको ७०.५३ लाभांश पारित गर्नेछ । कम्पनीले ४२ प्रतिशत बोनस तथा २८.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साधारणसभा प्रयोजनका लागि चैत्र १४ गतेदेखि कम्पनीको शेयरधनी दर्ता पुस्तिका बन्द रहने छ । जस अनुसार कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन र साधारण सभामा भाग लिन चैत्र १३ गतेसम्म शेयरधनी कायम हुनुपर्नेछ । 

अहिले दोस्रो बजारमा कम्पनीको सेयरमूल्य प्रतिकित्ता १७२७ रुपैयाँ छ । कम्पनीको चुक्ता पूँजी तीन अर्ब ९ करोड रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी चार अर्ब ३९ करोड नाघ्नेछ ।

 इन्स्योरेन्सले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २७ करोड ९६ लाख खुद नाफा गरेको छ । जसको प्रति सेयर आम्दानी १८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २७२.९३ रुपैयाँ र प्रतिसेयर कुल सम्पतिको मूल्य १७४७ रुपैयाँ छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।