एनएमबि माइक्रोले मनायो छैठौं वार्षिक उत्सव

Mar 18, 2018 Merolagani

एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्था (NMBMF) ले स्थापनाको छैठौं वार्षिक उत्सव सम्पन्न गरेको छ । पाँचौ बर्ष पुरा गरि छैटौ बर्ष प्रवेशको अवसरमा संस्थाको केन्द्रीय कार्यालय र सञ्चालनमा रहेका ७५ वटा शाखा कार्यालयहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यक्रम सम्पन्न गरेको संस्थाद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

लघुवित्तले खुल्ला रक्तदान, सामुदायिक विद्यालयमा कापी कलम वितरण, वृद्धाश्रममा वृद्ध वृद्धाहरुलाई फलफुल तथा खाद्यन्न वितरण, मठ मन्दिर सरसफाई, अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगिता, फुटवल प्रतियोगिता, जलपान समारोह लगायतका कार्यक्रम गरी बिहीवार वार्षिक उत्सव मनाएको हो ।

वार्षिक उत्सव मनाउने क्रममा वित्तीय संस्थाले विहान पोखराको लेकसाइड स्थित केदारेश्वर मन्दिर परिसरमा सरसफाई गरी कार्यक्रमको शुरुवात गर्यो । मन्दिर सरसफाई पश्चात केन्द्रीय कार्यालयको प्राङगणमा रक्त सञ्चार केन्द्र पोखराको प्राबिधिक सहयोगमा वित्तीय संस्थाका कर्मचारीहरु र पोखरा लेखनाथ महानगरपालिकाको हेम्जा स्थित समुदायहरु सम्मिलित ४५ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

रक्तदान कार्यक्रम पश्चात पोखरा लेखनाथ महानगरपालिका वडा नं. ३२ स्थित श्री राधाकृष्ण बृद्धाश्रमका ५२ जना बद्धबृद्धाहरुलाई वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतले फलफुल वितरण गरे । कार्यक्रमा प्रमुख कार्यकारी अधिकृत कोनाजोले वित्तीय संस्थाले बेला बेलामा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा यस्ता सामाजिक कार्यहरु गर्दै आएको कुरा बताए ।

त्यसैगरी यति धेरै बृद्ध आमा बुवाहरुलाई सहयोग गर्न पाउँदा अन्तर आत्माबाटै हर्षित भएको र आगामी दिनहरुमा वित्तीय संस्थाले यस्ता सहयोगका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने कुरा ब्यक्त गरे । उक्त कार्यक्रममा राधाकृष्ण बुद्धाश्रमका अध्यक्ष प्रेम लिगलले वित्तीय संस्थाले बृद्धबृद्धाहरुलाई गरेको सहयोग प्रति आभार प्रकट गर्दै वित्तीय संस्थालाई सम्मान पत्र प्रदान गरेका थिए ।

राष्ट्रिय स्तरको लघुवित्त संस्थाको रुपमा २०६९ चैत्र महिनाबाट विधिवत रुपमा कार्यक्रमको शुरुवात गरेको वित्तीय संस्थाले स्थापनाको पाँचौं वर्षको अवधीमा देशका ४५ वटा जिल्लाहरुमा ७५ वटा शाखा कार्यालयहरु पुगेकाे छ । लघुवित्तले करीब ८० हजार जना सदस्य विस्तार गरी करीव ४४ हजार जनालाई करीब .२ अर्ब १५ करोड कर्जा लगानी गरि ५८ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । आगामी दिनमा देशका सवै जिल्लाहरुमा लघुवित्त बैंकिङ्ग कार्यक्रम पुर्याउने वित्तीय संस्थाको योजना कम्पनीकाे छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।