कम्पनीले आफ्ना सेयरधनीहरुलाई १३.५२ प्रतिशत बोनस सेयर दिने प्रस्ताव सहित साधारण सभा बोलाएको हो । बोनसमा लाग्ने कर प्रयोजनका लागि इन्स्योरेन्सले ३६ लाख ५९ हजार ७४९ रुपैंया नगद लाभांस बितरण गर्नेछ ।
इन्स्योरेन्सले यही चैत २६ गते साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि इन्स्योरेन्सले चैत ८ गतेदेखि सेयरधनी दर्ता पुस्तिका बन्द गर्ने निर्णय गरेको छ ।
इन्स्योरेन्सको बोनस सेयर सुरक्षित गर्न चाहनेले चैत ७ गते बुधबार सम्ममा सेयर खरिद गर्नुपर्ने हुन्छ । चैत ८ गतेपछि समायोजित मूल्यमा सेयर खरिद गर्नेले बोनस पाउने छैनन् ।
केही समय अघि इन्स्योरेन्सले निष्काशन गरेको थप नयाँ सेयर धारण गरेकाहरुले पनि प्रस्तावित बोनस पाउनेछन् । एफपीओ निष्काशन पश्चात ५१ करोड ४४ लाख ६० हजार रुपैयाँ कायम भएको चुक्ता पूँजी बोनस बितरण पश्चात ५८ करोड ४० लाख १५ हजार रुपैयाँ पुग्नेछ ।