डिम्याट नगरेका आरएसडिसीका सेयरधनीले हकप्रद पाउन यस्तो गर्नुपर्ने

Mar 18, 2018 Merolagani

आरएसडिसी लघुवित्त संस्था (RSDC) ले असोज २ गतेदेखि कात्तिक २० गतेसम्म जारी गरेको दुई सय प्रतिशत हकप्रद सेयर सेयरधनीको हितग्राही खातामा पठाएको जनाएकाे छ । लघुवित्तको सेयर विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले हकप्रदका लागि बुकक्लाेज गरेकाे दिन भदौ १५ सम्म कायम डिम्याट गरिसकेका सेयरधनीको  हकप्रद हितग्राही खातामा नै पठाएको जनाएको हाे ।

लघुवित्तको हकप्रद सेयर नेप्से तथा सिडिएस एण्ड क्लियरिङ्गमा सूचीकृत भैसकेको छ । भदौ १५ गतेपछि सेयर डिम्याट गरेका सेयरधनीको खातामा क्रमश पठाउँदै जाने विक्री प्रबन्धकले जनाएको छ । 

हालसम्म पनि भौतिक सेयर भएका सेयरधनीहरुलाई सेयर अभौतीकिकरण गर्न आग्रह गरेको छ । भौतिक रुपमा आफुसँग रहेको सेयर नजिकैको निक्षेप सदस्य वा एनआईविएल एस क्यापिटलको सबै शाखा कार्यालयहरुमा हितग्राही खाता खोलेर डिम्याट गरेपछि मात्र हकप्रद प्राप्त गर्ने क्यापिटलले जनाएको छ ।

धितोपत्र बोर्डको व्यवस्था कम्पनीहरुले निष्काशन गर्ने हकप्रद तथा वितरण गर्ने बोनस सेयर सिधै लगानीकर्ताको हितग्राही खातामा जाने व्यवस्था गर्न दिएको निर्देशन अनुरुप हालसम्म सेयर अभौतिकिकरण नगराएका सेयरधनीले हकप्रद तथा बोनस सेयर प्राप्त गर्न अब अनिवार्य सेयर डिम्याट गराउनु आवश्यक छ ।

२०७२ पुससम्म धितोपत्र बजारमा भौतिक तथा अभौतिक दुबै सेयरको कारोवार भइरहेको थियो । धितोपत्रको दोश्रो बजारलाई पूर्ण स्वचालित बनाउने उद्देश्यले बोर्डले नेप्से र सिडिएस लाई २०७२ माघदेखि पूर्ण स्वचालित कारोवार संचालन गर्न निर्देशन दिएको हाे । त्यस यता अभौतिक सेयर मात्र खरिदविक्री हुँदै आएको छ ।

त्यसैले २०७३ साल साउनबाट प्राथमिक निष्काशनमा अनिवार्य डिम्याट लागू गरेको बोर्डले धितोपत्र बोर्डले गत साउनदेखि अनिवार्य आस्वा प्रणाली लागू गरेको थियो भने फागुन ११ गतेदेखि अनिवार्य सि आस्वा प्रणाली लागू गरिसकेको छ । बोर्डले कात्तिक यता हकप्रद आवेदन समेत आस्वा प्रणाली मार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिसकेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।