यती एयरको हवाई जहाज भैरहवामा दुर्घटना

Mar 18, 2018 Merolagani

केही दिन अघि मात्र त्रिभुवन अन्तर्राष्ट्रि बिमानस्थलमा युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको चर्चा नसेलाउँदै भैरहवामा अर्को जाज दुर्घटना भएको छ । भैरहवा विमानस्थलमा अवतरण गरे पछि ह्विल लक भएका कारण जहाज दुर्घटना भएको हो ।

यती एयरलाइन्सको जहाज गौतम बुद्ध विमानस्थलमा अवतरण भए पछि पार्किगंस्थलतर्फ जाने क्रममा दुर्घटनामा परेको हो । धावन मार्गमा गुड्ने क्रममा ह्विल लक भए पछि अड्किएर विमान दुर्घटनामा परेको हो ।

काठमाण्डौंबाट भैरहवाका लागि उडेको यती एयरलाइन्सको नाइन एन ८९३ कलसाइनको जहाज अवतरण पश्चात सामान्य दुर्घटना भएको भैरहवा विमानस्थलका निर्देशक टेकराज पोखरेलले मेरोलगानीलाई बताए । 'नोज ह्वील अड्किएका कारण पार्किगंस्थलमा पुग्न मात्र समस्या भएको हो । कुनै क्षती भएको छैन ।' उनले भने ।

 

विमानमा सवार चालक सहित २६ यात्रुहरु सकुसल रहेको बताइएको छ । विमान दुर्घटना पछि गौतम बुद्ध विमानस्थल बन्द गरिएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।