सान्जेन र रसुवागढीको आइपिओमा पुन: आवेदन खुल्यो, कसले गर्न पाउँछ ?

Mar 19, 2018 merolagani

सान्जेन र रसुवागढी हाइड्रो पावरले सोमबार (चैत ५ गते) देखि फेरी आइपिओको बिक्री खुला गरेको छन्  । यसअघि सञ्चय कोषका सञ्चयकर्तालाई आइपिओ खुला गरेको कम्पनीले यसपटक ऋण प्रदायक कम्पनी, सञ्चय कोष र रसुवा जिल्लाका कर्मचारीलाई मात्र आइपिओ बिक्रीमा ल्याएको हो ।

सान्जेनले नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी, रसुवा जिल्लाका कर्मचारीहरुलाई कुल १२ लाख ७७ हजार ५०० कित्ता र रसुवागढीले २३ लाख ९४ हजार ७३५ कित्ता सेयर बिक्री खुला गरेको हो ।

यस्तै, सञ्चय कोषका कर्मचारीलाई सान्जेनले ३ लाख ६५ हजार र रसुवागढीले ६ लाख ८४ हजार २१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

दुबै कम्पनीको आईपिओमा संस्थापक शेयरमा लगानी गर्ने नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत् कम्पनी, रसुवा जिल्लाका सम्बन्धित स्थानीय तहका कर्मचारीहरु तथा ऋणदाता (कर्मचारी सञ्चयकोष) का कर्मचारीले भने चैत ५ गतेदेखि १३ गतेसम्म (९ दिनभित्र) आवेदन गर्ने पाउने व्यवस्था गरिएको छ ।

सान्जेनको आइपिओ भर्न योग्य लगानीकर्ताले न्यूनतम ५० कित्ता देखि अधिकतम ३०० कित्तासम्म आवेदन गर्न पाउनेछन् । तर सचयकोषका कर्मचारीहरुले भने एक हजार कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

त्यस्तै रसुवागढीको आइपिओमा संचयकोषका कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम २५ सय कित्तासम्म आवेदन गर्न पाउनेछन भने अन्य कर्मचारीले न्यूनतम ५० कित्तादेखि अधिकतम ५०० कित्तासम्म आवेदन गर्न पाउनेछन् ।

सान्जेनको बिक्री प्रबन्धक नागरीक लगानी कोष तथा रसुवागढीको सिद्धार्थ क्यापिटल रहेको छ । लगानीकर्ता आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यी दुवै कम्पनीले यसअघि फागुन ११ देखि ३० गतेसम्म सञ्चय कोषका सञ्चयकर्तालाई भने आइपिओ बिक्री गरिसकेका छन् ।

रसुवागढी हाइड्रोपावरले एक करोड ६४ लाख २१ हजार ४० कित्ता सेयर निष्काशन गरेको थियो । त्यसैगरि सान्जेन हाइड्रोपावरले पनि ८७ लाख ६० हजार कित्ता सेयर फागुन ११ गतेदेखि नै निष्काशन खुला गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।