कामना सेवाको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Mar 19, 2018 merolagani

कामना सेवा विकास बैंक (KSBBL) ले निष्कासन गरेको १५ प्रतिशत हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन परेको छ । बैंकले गत माघ १५ गतेदेखि १०ः१.५ अनुपातमा ३० लाख ९४ हजार १५४ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको थियो ।

बैंकको हकप्रदमा माघ २ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले माघ ३ गते हकप्रद जारी गर्न सेयरधनी दर्ता किताब बन्द गरेको थियो ।

जसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । बिक्री प्रबन्धकको कार्यालय, कामना सेवाको सम्पूर्ण शाखा कार्यालय तथा एनएमबि बैंकका शाखा कार्यालय मार्फत हकप्रदमा आवेदन दिन सकिनेछ ।

हकप्रद जारीपश्चात बैंकको चुक्ता पूँजी २ अर्ब ३६ करोड ७६ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्रिय स्तरको विकास बैंकले चुक्तापुँजी बढाएर २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्छ । बाँकी रकम बैंकले बोनस वितरण गरेर कायम गर्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।