वित्तीय अवस्था कसिलो अवस्थामा,सरकारी खर्च बढे सुधार आउँछ : राष्ट्र बैंक

Mar 19, 2018 merolagani

 लगानीको लागि सहज वातावरण बन्दै
नेपाल राष्ट्र बैंकले मुलुको समग्र वित्तीय अवस्था केही कसिलो रहेको बताएको छ । चालु आर्थिक बर्षको सात महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सार्वजनिक गर्दै राष्ट्र बैंकले बढ्दो चालु खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो हुँदै गएको उल्लेख गरेको छ ।

राष्ट्र बैंकका अनुसार अघिल्लो महिना ६ अर्ब ६६ करोड मात्रै घाटा रहेको शोधानान्तर माघमा भने झन्डै १२ अर्बले बढेको हो । माघसम्म समग्र शोधनान्तर स्थिति १८ अर्ब २८ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सात महिनामा शोधानान्तर स्थिति ३६ अर्ब ९५ करोड रुपैयाँले बचतमा थियो ।

त्यस्तै माघसम्म चालू खाता १ खर्ब ४१ अर्ब ६ करोड घाटामा पुगेको छ । आयात तथा विदेशी लगानीको लाभांश भुक्तानीमा भएको उच्च वृद्धिका कारण चालू खाता उल्लेख्य घाटामा रहेको केन्द्रीय बैङ्कको भनाइ छ । गत वर्षको माघसम्म यस्तो घाटा १० अर्ब ६६ करोड रुपैयाँ थियो ।

विगतका महिनाको तुलनमा माघ महिनामा रेमिट्यान्समा केही सुधार आएको छ । गत महिनासम्म ०.५ प्रतिशतले ऋणात्मक रहेको विप्रेषण आप्रवाह माघमा १.७ प्रतिशतले धनात्मक छ । यस अवधिमा ४ खर्ब १ अर्ब ३५ करोड रुपैयाँ विप्रेषण मुलुक भित्रिएको छ ।

यो बर्षको माघ मसान्तसम्ममा पुँजीगत ट्रान्सफर १० अर्ब ६४ करोड रुपैयाँ भएको छ । गत बर्षको यही अबधिमा यस्तो ट्रान्सफर ९ अर्ब २५ करोड रुपैयाँको भएको थियो ।

चालु आर्थिक बर्षको माघ मसान्तसम्ममा प्रत्यक्ष वैदेशिक लगानी भने केही बढेको छ । चालु आर्थिक बर्षको ७ महिनामा १४ अर्ब ३४ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी आएको छ । जबकि गत बर्षको सोही अबधिसम्ममा ७ अर्ब ६० करोड रुपैयाँ बराबरको मात्रै विदेशी लगानी आएको थियो ।

राष्ट्र बैंकका अनुसार यस अवधिमा ६ खर्ब ६१ अर्ब २३ करोड रुपैयाँको वस्तु आयात भएको छ भने ४७ अर्ब ६२ करोड रुपैयाँको निर्यात भएको छ । जसले गर्दा व्यापार घाटा ६ खर्ब १३ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । व्यापार घाटा गत वर्षको यसै अवधिको तुलनामा १९.४ प्रतिशतले बढी हो ।

त्यसैगरी माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५ प्रतिशत पुगेको छ । खाद्य मुद्रास्फीति ४ प्रतिशत र गैरखाद्य मुद्रास्फीति ५.८ प्रतिशत छ । तराईमा मूल्य बृद्धि ५.६ प्रतिशत, हिमालमा ५.४ प्रतिशत पुगेको छ ।

राष्ट्र बैंकले सात महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको समष्टिगत आर्थिक स्थिति मिश्रित रहने बताएको छ । गैर कृषि तर्फ, उर्जा, निर्माण तथा पुनरनिर्माण एवम्पर्यटन क्षेत्रको गतिविधि अघिल्लो वर्षको तुलनामा राम्रो हुने अपेक्षा राष्ट्र बैंकको छ ।

केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न भएकाले औद्योगिक क्षेत्रको क्षमता उपयोगमा वृद्धि भई समग्र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने देखिन्छ । त्यसैगरी, नेपालमा आउने पर्यटकको संख्या तथा होटलमा भएको लगानी वृद्धिलेसमग्र अर्थतन्त्रमा सकारात्मक योगदान पु¥याउने देखिन्छ ।

त्यस्तै तीनै तहको निर्वाचन सम्पन्न भई सरकार समेत गठन भइसकेकाले निजी क्षेत्रको लगानीको लागि सहज वातावरण सृजना भएकाले चालु आर्थिक बर्षमा सन्तोषप्रद आर्थिक वृद्धिको परिदृष्य रहने देखिने राष्ट्र बैंकको विश्वास छ ।

बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा केही कमी आएकोले वित्तीय अवस्था कसिलो छ । तर आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुदँै जाने राष्ट्र बैकको अपेक्षा छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।