एभरेष्ट इन्स्योरेन्सको बोनस पाउन सेयर डिम्याट अनिवार्य

Mar 19, 2018 Merolagani

एभरेष्ट इन्स्योरेन्स कम्पनी (EIC) काे २० प्रतिशत बोनस पाउन सेयरधनीले अनिवार्य सेयर डिम्याट  गर्नुपर्ने कम्पनीले जनाएको छ ।   भौतिक सेयर प्रमाणपत्र धारण गरेका सेयरधनीले आफुसँग भएको सेयर डिम्याट गरेपछि मात्र  बोनस सेयर प्राप्त गर्नेछन् । 

धितोपत्र बोर्डको व्यवस्था अनुसार कम्पनीहरुले निष्काशन गर्ने हकप्रद तथा वितरण गर्ने बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा गर्ने व्यवस्था गर्ने निर्देशन अनुरुप भौतिक सेयर धारण गर्नेले डिम्याट नगरि बोनस नपाउने भएका हुन् । 

कम्पनीले साधारण सभा प्रयोजनका लागि सेयरधनी किताब बन्द गरेको मितिसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई बोनस सूचीकरण पश्चात निजहरुको हितग्राही खातामा नै बोनस वितरण गर्ने जनाएको छ ।

असार ८ गते पछाडि डिम्याट गरेका सेयरधनीले पनि क्रमश: आफ्नै डिम्याट खातामा बोनस पाउनेछन् । 

सेयरधनीले इन्स्योरेन्सको बिक्री प्रबन्धक एनएमबि क्यापिटल वा सिडिएस एण्ड क्लियरिङ्गबाट निक्षेप सदस्य रहेका कुनैपनि संस्थाबाट सेयर डिम्याट गराउन सक्नेछन् ।


२०७२ पुससम्म धितोपत्र बजारमा भौतिक तथा अभौतिक दुबै सेयरको कारोवार भइरहेको थियो । धितोपत्रको दोश्रो बजारलाई पूर्ण स्वचालित बनाउने उद्देश्यले बोर्डले नेप्से र सिडिएसलाई २०७२ माघदेखि पूर्ण स्वचालित कारोवार संचालन गर्न  बाेर्डले निर्देशन दिएको थियो । त्यस यता अभौतिक सेयर मात्र खरिदविक्री हुँदै आएको छ ।

 २०७३ साउनबाट प्राथमिक निष्काशनमा अनिवार्य डिम्याट लागू गरेको धितोपत्र बोर्डले गत साउनदेखि अनिवार्य आस्वा प्रणाली लागू गरेको थियो भने फागुन ११ गतेदेखि अनिवार्य सि आस्वा प्रणाली लागू गरिसकेको छ । बोर्डले कात्तिक यता हकप्रद आवेदन समेत आस्वा प्रणाली मार्फत आवेदन गर्नसक्ने व्यवस्था गरिसकेको छ ।

एभरेष्ट इन्स्योरेन्सकाे गत असार २३ गते सम्पन्न पाँच आर्थिक बर्षको साधारण सभाले सेयरधनीलार्इ २० प्रतिशत बाेनस वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे । 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।