सांग्रिला डेभलपमेण्ट बैंकले कति सेयर गर्दैछ लिलाम ?

Mar 19, 2018 Merolagani

सांग्रिला डेभलपमेन्ट बैंक (SADBL) ले निष्काशन गरेको ८० प्रतिशत हकप्रद सेयर बाँडफाँड गरेको छ । बैंकले हाल कायम चुक्ता पूँजीको ८० प्रतिशतले हुने एक करोड ८ लाख ६७ हजार ७९८ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त सेयर मध्ये ९९ लाख ६५ हजार ८०१ कित्ता मात्र हकप्रद बिक्री भएको बैंकले जनाएको छ ।

हकप्रदमा बिक्री नभएको बाँकी सेयर बैंकले लिलामी गर्नेछ । यसको मिति बैंकले पछि निर्धारण गर्नेछ ।

बैंकले गत पुस १७ गते देखि माघ २१ गते सम्म ८० प्रतिशत हकप्रद निष्काशन गरेको थियो । उक्त समयमा बैंकको सेयरका लागि ११ हजार ७३२ जनाले आवेदन दिएका थिए । यस क्रममा बैंकको ९ लाख १ हजार ९९७ कित्ता सेयर बिक्री हुन नसकेको हो । उक्त सेयर लिलाम गरी बैंकले थप प्रिमियम समेत आर्जन गर्नेछ ।

गत जेठ १९ गते सम्पन्न १२ औं बार्षिक साधारण सभाले हकप्रद सेयरको प्रस्ताव पारित गरेको थियो । हाल बैंकको चुक्ता पूँजी एक अर्ब ३५ करोड रुपैया छ । हकप्रद निष्काशन तथा सेयर लिलामी पश्चात बैंकको चुक्ता पूँजी दुई अर्ब ४४ करोड ५२ लाख रुपैयाँ पुग्नेछ ।

राष्ट्र बैंकले तोकेको अढाई अर्ब पूँजी पुर्याउन बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बोनस झण्डै ६ करोड रुपैंया बराबरको बोनस बितरण गर्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको जगेडा कोषमा ७३ करोड २१ लाख १२ हजार रुपैंया सञ्चित छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।