सनराइज बैंकको शाखा चोरी प्रकरण: सिसिटिभी फुटाएर पाँच लाख लुटियो

Mar 19, 2018 Merolagani

सुनसरीको धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको सनराइज बैंक (SRBL) को एक्सटेन्सन काउण्टरको कार्यालयमा आइतबार राती चोरी भएको छ । लुटेराहरुले बैंकबाट चार लाख ७० हजार रुपैयाँ चाेरेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक केदारमान डंगोलले मेरोलगानीलाई बताए ।

प्रहरी निरीक्षक डंगोलले लुटेराहरूले बैंकको ताला फुटाएर सुरक्षाका लागि राखिएको सिसिटिभि तोडफोड गरि सेफमा राखेको नगद लुटेको जानकारी दिए । सोमबार विहानै घटनास्थल प्रहरी टोलीले लुटेराबारे बारे थप अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

बैंकको सुरक्षा गार्डले बैंकमा चोरी भएको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । सुरक्षागार्ड र सिसीटिभी समेत तोडफोड गरि चोरी भएको देखिएपछि प्रहरीले घटनामा बैंक भित्रकै कुनै कर्मचारीको हात हुनसक्ने आशंका पनि प्रहरीको छ ।

उता बैंककाे एक्सटेन्सन काउण्टर हेर्ने धरान शाखाका शाखा प्रमुख  सूर्य बहादुर बलाम्पाकीले  भने बैंककाे हातामा रहेकाे ३ वटा सिसिटिभी ताेडफाेड गरेर सेफकाे रकम लुट्ने प्रयास गरेपनि  सबै नगद सुरक्षित रहेकाे बताउँछन् । लुटेराहरूले रडले हानेर सेफबाट रकम निकाल्ने प्रयास गरेपनि सफल नभएकाे उनले जानकारी दिए ।

बलाम्पाकीले सिसिटिभीकाे फुटेज रेकर्ड गर्ने डिभाइस, नेटवर्क सिट सहित तीनवटा सञ्चारसँग सम्बन्धित सामाग्रीमा भने क्षति भएकाे बताएका छन् ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।