सबै आर्थिक कारोबार बैकिंग प्रणालीमा ल्याउन प्रम ओलीको निर्देशन

Mar 19, 2018 Merolagani

प्रधानमन्त्री केपी शर्मा ओलीले रेमिट्यान्स लगायत सबै आर्थिक कारोबार बैकिंग प्राणलीमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आइतबार सिंहदरवारमा मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै यस सम्बन्धमा अर्थ मन्त्रालयले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

 

'स्वाधीन अर्थतन्त्रका लागि आन्तरिक पूँजी परिचालन आवश्यक छ, सबै आर्थिक कारोबार बैकिंग प्रणालीमा आधारित हुनुपर्छ, पूँजीलाई जति परिचालन गर्यो उति गुणात्मक लाभ प्राप्त हुने हुँदा यस सम्बन्धमा अर्थ मन्त्रालयले विशेष ध्यान दिन जरुरी छ', प्रधानमन्त्री ओलीले भने ।

देश रेमिट्यान्सबाट चलेको बताउदै प्रधानमन्त्री ओलीले रेमिट्यान्स आउने बाटो गैर कानुनी भएको उल्लेख गरेका छन् । ‘हुण्डी कारोबारमा ध्यान दिनुहोस’ प्रधानमन्त्री ओलीले भने, ‘रेमिट्यान्सलाई कानुनी बाटोबाट भित्र्याउने हो भने पनि देशमा अर्बौं राजश्व संकलन हुनसक्छ ।’

सरकारको मुल लक्ष्य समृद्ध नेपाल,सुखी नेपाली भएकोले त्यसै आधारमा सम्पूर्ण संरचनाहरु परिचालन गर्न प्रधानमन्त्री ओलीले मन्त्री तथा सचिवहरुलाई निर्देशन दिए । ‘सरकारको यो लक्ष्य हासिल गर्न सबैले योजनावद्ध ढंगले काम गर्नुपर्छ । उपलब्धी देखिने गरी काम गर्नुपर्छ ’ प्रधानमन्त्री ओलीले भने ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।