प्रदेश नं. ५ मा लगानीकर्ता सचेतता कार्यक्रम सम्पन्न

Mar 19, 2018 Merolagani

सिडिएस एण्ड क्लियरिङ्गले चैत पहिलो साता नेपाल स्टक एक्सचेन्ज र युनाइटेड फाइनान्स संगको संयुक्त आयोजनामा प्रदेश नं.५ को दाङ्ग र बुटवलमा “लगानीकर्ता सचेतना कार्यक्रम” सम्पन्न गरेको गरको छ । 

पूँजी बजारसँग आवद्ध लगानीकर्ताहरु तथा सम्भावित लगानीकर्ताहरुलाई सिडिएसी, नेप्से लगायत अन्य सम्बन्धित पक्षहरुले प्रदान गर्ने सेवाहरु र सो बाट हुने पूँजी बजारमा भएको थप विकास र लाभहरुको बारेमा शिक्षित बनाउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको सिडिएससीले जनाएकाे छ ।

कार्यक्रमहरुमा सिडिएससिका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले धितोपत्र अभौतिकीकरण, सिडिएस एण्ड क्लियरिङ्गको कार्य तथा भूमिका, प्राथमिक सार्वजनिक निष्काशनमा सहजता प्रदान गर्न कार्यान्वयनमा ल्याइएको सि–आस्बा सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उल्लेखनिय सहभागिता रहेको उक्त कार्यक्रममा नेप्सेको तर्फबाट भेषराज खनालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

नेप्सेका अध्यक्ष तथा सिडिएससिका संचालक समितिका अध्यक्ष चन्द्रसिंह साउदको सभापतित्वमा संचालन भएको कार्यक्रममा उद्योग वाणिज्य संघ, दाङ्गका अध्यक्ष नारायण प्रसाद भुसाल प्रमुख अतिथि, युनाइटेड फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सुनन्द ब. श्रेष्ठ र नेप्सेका सहायक प्रबन्धक सुरेन्द्रराज वाग्ले र अधिकृत भेषराज खनाल अतिथिको रुपमा सहभागी भएका थिए ।

बुटवलमा आयोजना गरिएको कार्यक्रममा मिडास स्टक ब्रोकिङ्ग प्रा.लि., दक्षिणकाली इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज प्रा.लि., लिञ्च स्टक मार्केट लि., एशियन सेक्यूरिटिज प्रा.लि. र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्यूरिटिज प्रा. लि. को समेत सह–आयोजना रहेको थियो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।