नेप्से परिसूचक १२७० विन्दुमा झर्यो,कारोबार २६ करोडमा सीमित

Mar 19, 2018 Merolagani

सेयर बजारमा गिरावटको श्रृङ्खला नरोकिँदा नेप्से परिसूचक झरेर चालु आर्थिक बर्षको सबैभन्दा न्यून विन्दु १२७० अंकमा झरेको छ । कारोबारमा आएका अधिकाशं समूहको सूचक घटेपछि नेप्से आठ अंक बढीले ओरालो लागेको छ भने कारोबार रकम २६ करोडमै सीमित भएको छ ।

बजार निरन्तर घट्दा लगानीकर्ताको सम्पत्ति मापन गर्ने समग्र बजार पूँजीकरण १४ अर्ब ८७ अर्ब रुपैयाँमा खुम्चिन पुगेको छ । अघिल्लो दिनको तुलनामा बजार पूँजीकरण १० अर्बले तल झरेकाे हाे ।

बजारमा हकप्रद सेयरको बढ्दो आपूर्ति र ठूला लगानीकर्ता बजारमा प्रवेश नगर्दा बजार माथि जान सकेको छैन । बैंक तथा वित्तीय संस्थाहरुको तरलताको असहजता, दोस्रो बजारमा भन्दा प्राथमिक बजारमा शेयर खरिद गर्नेहरुको चाप पर्दा पनि सेयर कारोबार बढ्न सकेको छैन ।

सोमबार समग्र सेयर बजार परिसूचक नेप्से ८.४४ अंकले ओरालो लागेर १२७० दशमलव ५२ अंकमा बन्द भएको छ । आइतबार पनि बजार नौ अंक बढीले ओरालो लागेको थियो ।

१५२ कम्पनीका ७ लाख ७१ हजार कित्ता सेयर २६ करोड ६२ लाख रुपैयाँ बराबरमा किनबेच भएको छ । कारोबार रकम अघिल्लो दिनको भन्दा करिब चार करोड कम हो । १५२ वटा कम्पनीको शेयर कारोबार हुँदा जम्मा ३१ वटा कम्पनीको मात्र शेयरमूल्य बढेको छ । बाँकी सबैको घटेको छ ।

कारोबारमा आएका व्यापार, उत्पादन र अन्य बाहेक सबै समूह राताम्मे बनेका छन् ।

यसदिन पनि नेपाल लाईफको सबैभन्दा बढी ३ करोड रुपैयाँ बराबरको सेयर खरिद विक्री भएको छ । नागरिक लगानी कोषको पनि झण्डै तीन करोड बराबरको सेयर किनबेच भयो ।

यसदिन स्वदेशी लघुवित्त र सानिमा इक्विटी फण्डको शेयरमूल्य सबैभन्दा धेरै पाँच प्रतिशतले बढेको छ । अपि हाइड्रको सबैभन्दा धेरै नौ प्रतिशत भन्दा धेरेले सेयरमूल्य झरेको छ । काबेली विकास, युनाइटेड इन्स्योरेन्स तथा अरुण काबेलीको सेयरमूल्य पनि पाँच प्रतिशत बढीले झरेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।