नलगाड हाइड्रोको उत्पादन गृहमा नमूना परीक्षणका लागि सुरुङ निर्माण शुरु

Mar 20, 2018 rss

नलगाड हाइड्रोपावर कम्पनीको विद्युत् उत्पादन गृहमा नमूना परीक्षणका लागि सुरुङ निर्माण शुरु भएको छ । नलगाड – ७ दल्लीमा ३३२ मिटर लामो, दुई मिटर उचाइ र दुई मिटर लम्बाइ रहेको सुरुङ निर्माण हुने कम्पनीका पदम थापाले जानकारी दिए ।

भूमिगत विद्युत् उत्पादनगृह निर्माणका लागि यो कार्य गरिएको हो । नलगाड नगरपालिकाका प्रमुख टेकबहादुर रावलको उपस्थितिमा सुरुङ निर्माणस्थलको औपचारिक शुरुआत गरिएको हो । सुरुङ बनेपछि विद्युत् उत्पादनगृहको जमिन कति पक्का र कच्चा छ भन्ने जानकारी हुने थापाले बताए । अबको १० महिनाभित्र सुरुङको परीक्षण पूरा गर्नुपर्ने सम्झौता स्मेक कम्पनीले नलगाडसँग गरेको छ ।

नलगाड हाइड्रोपावरको बाँधस्थलमा अहिले नमूना परीक्षणको काम भइरहेको छ । काममा तीव्रता दिएर आयोजना निर्माण छिटोछरितो गर्न नगरप्रमुख रावलले आग्रह गरे । आयोजनाबाट ४१० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।