सांग्रिला डेभलपमेन्ट बैंकको ९ लाख कित्ता सेयर लिलाममा

Mar 20, 2018 merolagani

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले हकप्रदमा अवितरित ९ लाख एक हजार ९ सय ९७ कित्ता सेयर लिलामी गर्ने भएको छ । बैंकले ३ लाख ९२ हजार ७७२ कित्ता संस्थापक तथा ५ लाख ९ हजार २२५ कित्ता सर्वसाधारण समूहको सेयर लिलामी गर्ने जनाएको छ ।

लिलामीको शेयर खरिदका लागी चैत १३ गतेदेखि चैत २० गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

बैकले न्यूनतम सय रुपैयाँका दरले बोलकबोलमा उक्त सेयर बिक्री गर्ने जनाएको छ । हाल दोस्रो बजारमा बैंकको सेयरमूल्य १७२ रुपैयाँ छ ।

बैंकको शेयर विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । सो शेयरका लागि प्रभु क्यापिटल, सांग्रिला डेभलपमेन्ट बैंकका केन्द्रिय तथा पोखरा, बुटवल, नारायणगढ, नेपालगंज, सुर्खेत, अत्तरिया, घोराही शाखा कार्यालय र प्रभु बैंकका वीरगंज, विराटनगर र धनगढी शाखा कार्यालयबाट शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

कम्पनीले गत पुस १७ गतेदेखि माघ २९ गतेसम्म निष्कासन तथा विक्री खुल्ला गरेको ८० प्रतिशत हकप्रद शेयरमा आवेदन नपरेको शेयर विक्री गर्न लागेका हो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।