सिद्धार्थ बैंकको हकप्रदमा आवेदन गर्ने आज अन्तिम दिन

Mar 20, 2018 merolagani

सिद्धार्थ बैंक (SBL) ) ले बिक्रीमा ल्याएको हकप्रद सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । राष्ट्र बैंकले तोकेको चुक्तापूँजी पुर्याउने क्रममा सिद्धार्थले दश प्रतिशत हकप्रद सेयर बिक्रीमा ल्याएको थियो । उक्त हकप्रदमा आज चैत्र ६ गतेसम्म आवेदन गर्न सकिनेछ ।

बैंकले ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो ।

बैंकले हकप्रद प्रयोजनका लागि माघ २२ गते सोमबार सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । जस अनुसार माघ २१ गतेसम्म कायम र साविकका सेयरधनीले मात्र बैंकको हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

बैंकको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल रहेको छ । लगानीकर्ताले सिद्धार्थ बैंकका सम्पूर्ण शाखा कार्यालय, लक्ष्मी क्यापिटल, सिद्धार्थ क्यापिटल तथा आस्वा सदस्य सबै बैंक तथा वित्तीय संस्थाबाट हकप्रद सेयरका लागि आवेदन गर्न सक्ने लक्ष्मी क्यापिटलले जनाएको छ ।

सिद्धार्थले हाल कायम चुक्ता पूँजी ६ अर्ब ६२ करोड ८८ लाख ७९ हजार बराबरको १० प्रतिशतले हुन आउने ६८ करोड २६ लाख रुपैयाँ बराबरको ६८ लाख २६ हजार ११७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।

हकप्रद शेयरपछि बैंकको चुक्ता पूँजी सात अर्ब ५० करोड ८७ लाख पुग्नेछ । बैंकले गत आर्थिक बर्षको नाफाबाट सेयरधनीलाई ९५ करोड ५६ लाख ५६ हजार रुपैयाँको बोनस वितरण गर्ने भएको हो । बोनस र हकप्रद पश्चात बैंकको चुक्तापूँजी आठ अर्ब ४५ करोड नाघ्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।