सेन्ट्रल फाइनान्सले हकप्रदले समेत पाउने गरी प्रस्ताव गर्यो बोनस

Mar 20, 2018 merolagani

सेन्ट्रल फाइनान्स (CFCL) ले गतबर्षको मुनाफाबाट ६ करोड ६३ लाख ८४ हजार ५०९ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हालसालै बिक्री गरेको ५० प्रतिशत हकप्रदले समेत पाउनेगरी बोनस प्रस्ताव गरेको हो ।

हकप्रदलाई समेत समायोजन गर्दा सेन्ट्रलका सेयरधनीले ८.५ प्रतिशत बोनस सेयर प्राप्त गर्नेछन । साथै कम्पनीले कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद लाभांश समेत वितरण गर्ने भएको छ ।

फाइनान्सले गत पुस २३ गतेदेखि फागुन १३ गतेसम्म चुक्ता पूँजी ५२ करोड ६ लाख को ५० प्रतिशत हकप्रद बिक्री गरेको थियो ।

हकप्रद र बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ८४ करोड ७३ लाख नाघ्नेछ । यो सँगै फाइनान्सले राष्ट्र बैकले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्नेछ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।