आइपिओ कै भाउमा सेयरमूल्य आउँदा पनि खस्कियो बजार

Mar 20, 2018 merolagani

निरन्तर ओरालो लागेको सेयरबजार मंगलबार कारोबार खुलेको दुई घण्टाको अवधिमै १८ अंक बढीले ओरालो लागेको छ । बजार घट्दै जादा दर्जर्नौ कम्पनीको सेयरमूल्य आइपिओकै हारहारीमा आउँदा समेत सेयर खरिदगर्ने भन्दा बिक्री गर्नेको चाप देखिएको छ ।

चालु आर्थिक बर्षको पहिलो महिना साउनमा १६६७ अंकसम्म पुगेको बजार अहिले घटेर १२५२ अंकमा झरेको छ ।

नेप्से सूचक मात्रै होईन कारोबार रकममा समेत गिरावट देखिएको छ । यसअवधिमा १३९ कम्पनीको १३ करोड ३६ लाख बराबरको मात्र सेयर किनबेच भएको छ ।

१३९ वटा कम्पनीको करोबार भएको बजारमा ६ कम्पनी बाहेक १३३ कम्पनीको सेयरमूल्य घटेको छ ।

केही कम्पनीहरुको सेयरमूल्य आइपिओकै हाराहारीमा आएको छ । नेशनल हाइड्रको सेयरमूल्य आइपिओ भन्दा पनि तल ९५ रुपैयाँमा झरको छ । बुटवल पावरको एफपिओ भन्दा तल ४८० रुपैयाँ पुगेको छ । अपि हाइड्रोको लगतार तीन दिन दश प्रतिशतले घटेर २५० मा झरेको छ ।

सिभिल बैंकको १४७, सेन्चुरको १७०, जनताको बैंकको सेयरमूल्य १५८ रुर्पैयाँ सम्म झरको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।