१५० हाराहारीको सेयरलाई १८० रुपैयाँसम्मको बोली

Mar 20, 2018 merolagani

सिभिल बैंक (CBL) ले लिलामीमा राखेको सेयरको बोलकबोल खोल्ने क्रम जारी रहेको छ । प्रारम्भिक नतिजा अनुसार बैंकको लिलामीको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता एक सय रुपैयाँ देखि १८० रुपैयाँसम्मको बोली लगाएका छन् ।

बैंकले ९ लाख ९२ हजार ८१९ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक सेयर लिलाममा राखेको थियो ।

बैंकको सेयर बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलका अनुसार साधारण सेयरका लागि ४०४० वटा आवेदन परेको छ भने संस्थागत सेयरका लागि तीन वटा मात्र आवेदन परेको छ ।

यो खबर तयार पार्दा सम्म खोलिएको आवेदनमध्ये अहिलेसम्म सबैभन्दा धेरै एक आवेदकले १८० रुपैयाँका दरले एक हजार कित्ता माग गरेका छन् । सबैभन्दा कम एक सय रुपैयाँमै सेयर माग गर्नेहरुको आवेदन पनि निक्कै परेको छ ।

धेरैजसो आवेदकले प्रतिकित्ता १२५ रुपैयाँ देखि १३५ रुपैयाँको बीचमा सेयर माग गरेका छन् । केही आवेदकहरुले १४० रुपैयाँसम्म सेयर कबुल्न बोली लगाएका छन् । यसको अन्तिम नतिजा भने बेलुकासम्म आइपुग्ने क्यापिटलले जनाएको छ ।

बैंकको न्यूनतम शेयरमूल्य एक सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम एक सय कित्ता र अधिकतम निष्कासन गरेजति सबै सेयरका लागि आवेदन गर्न सक्ने व्यवस्था थियो ।

बैंकले गत मंसिर २२ गतेदेखि माघ १२ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा नबिकेको सेयर लिलामीमा ल्याएको हो ।

सिभिल बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २१ करोड ६९ लाख खुद नाफा गरेर प्रतिसेयर आम्दानी ८ रुपैयाँ ३४ पैसा कायम गरेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १३३ रुपैयाँ ५६ पैसा, पूँजी कोष अनुपात १८.३६ प्रतिशत र निक्षेप लागत ८.१४ प्रतिशतमा पुगेको छ ।

समिक्षा अवधिमा बैंकले ३७ अर्ब निक्षेप संकलन गरेको बैंकको कर्जा विस्तार ३३ अर्ब ५५ करोड रुपैयाँ छ । पाँच अर्ब १८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा एक अर्ब ७३ करोड रुपैयाँ सञ्चित रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।