आर्थिक समृद्धि र विकास नै वर्तमान सरकारको मुख्य लक्ष्य : अर्थमन्त्री

Mar 20, 2018 Merolagani

अर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको आर्थिक समृद्धि र विकास नै वर्तमान सरकारको मुख्य लक्ष्य रहेको बताएका छन् । ललितपुर उद्योग बाणिज्य संघको ५१ औं स्थापना दिवस तथा स्वर्णजयन्ती समापन समारोहमा खातिवडाले समृद्धि र विकासमा अघि बढ्न निजी क्षेत्रले आ आफ्नो क्षेत्रमा सहयोग गर्नुपर्ने बताए ।

ललितपुर जिल्ला हस्तकला, संस्कृतिसँग जोडिएको पर्यटन, कृषिजन्य सामग्रीको उत्पादन बढाएर जिल्लाको आर्थिक विकास गर्न सकिने खतिवडाको भनाई रहेको थियो । 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले निजी क्षेत्रलाई सहभागिता नगराईकन समृद्धितर्फ अघि बढ्न नसक्ने बताउँदै सहकार्य गर्ने उचित वातावरण बनाउन जोड दिए । वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले प्रदेश नं ३ को आर्थिक सम्भावनालाई साकार तुल्याउन कर्मचारी संयन्त्रले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उद्योग बाणिज्य संघ ललितपुरका अध्यक्ष एवं स्वर्ण जयन्ती मूल समारोह समितिका संयोजक कृष्णलाल महर्जनले व्यापार मेलाले ललितपुरको आर्थिक सम्भावना बारे सरकार, स्थानीय र प्रदेश सरकारको ध्यानाकृष्ट गराएको उल्लेख गरे।

फागुण ३० देखि चार दिनसम्म चलेको ललित अन्तर्राष्ट्रिय व्यापार मेलामा भारत, बंगलादेश, पाकिस्तान लगायतका देशहरुको सहभागिता रहेको सो मेलाको करिब २ लाखले अवलोकन गरेका छन् । मेलामा धातु तथा हस्तकलाका सामान, गरगहना, कपडा, ढाका तथा तयारी पोशाक, हस्तनिर्मित खेलौना, सजावटका सामग्री, जडिबुटी, घरेलु अचार, भिरमौरीको मह, विद्युतिय सामग्री लगायतका स्टल राखिएको थियो ।

मेलामा नेपालीका साथै विदेशी पर्यटकहरु पनि अवलोकन र किनमेलका लागि आएका थिए । मेला अवलोकन कर्ताहरुको घरेलु र हस्तकलाका सामग्रीमा धेरै आकर्षण रहेकोले आगामी दिनमा यसको व्यापार बढ्ने विश्वास व्यवसायीले लिएका छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।